• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन ४ घाइते, १ पक्राउ

  • वीरगंज संजाल
  • ६ असार २०८०, बुधबार ०८:५३
  • २१३७

    वीरगंज । धनुषा जिल्ला अदालतले मृतक आरती साह प्रकरणमा अभियुक्त बनाइएका उनका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको दाबी गर्दै साहको माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको किटानी जाहेरी परेको थियो । प्रहरीले घटनाको अनुसन्धानको क्रममा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको ठहर गर्दै प्रतिवेदनसहित जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको थियो ।

    गत असार १ गते दर्ता भएको सो मुद्दामा तीन दिन थुनछेक बहस भएको थियो । शंकाष्पद मृत्यु भएकीसाहका परिवारजनले जिल्ला अदालत धनुषा अगाडि ढुंगामुढा गरेका छन् । महिलाको हत्या आरोपिहरुको मंगलबार थुनछेक बहसको फैसला सुनाउने तयारी भइरहेको बेला बाहिर सडकमा विरोध प्रदर्शन गर्नेहरुले अदालत परिसरमा ढुंगामुढा गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका – ९ थापा चोकमा बस्ने आरती साहको शंकास्पद मृत्यु भएको थियो । मृतक साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका आफन्तहरुले अदालतमा ढुंगामुढा गरे । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । अदालतको बाहिरी मूल ढोकासँगै सडकमा प्रदर्शन गरिरहेका आफन्तहरुले अचानक अदालत भित्र ढुंगामुढा गर्न थालेका थिए । त्यसक्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ढुंगामुढा गर्न थालेका प्रदर्शनकारीहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । भीडलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको थियो ।प्रहरीको लाठीचार्जमा चार जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ ।

    प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए । ‘प्रहरीले भीडलाई सडकबाट हटाउन खोज्दा प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेका थिए’ उनले भने, भीड नियन्त्रण गर्न सामान्य बल प्रयोग भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको जेठ ७ गते मृत्यु भएको थियो । माइती पक्षले आरतीको श्रीमान, ससुरालगायत मिलेर हत्या गरेको आरोप लगाएका छन् । माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने,आरतीको मृत्युको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्नेसहितका ६ बुँदे माग राखेका छन् । आरतीको माइतीपक्षले जनधपुरधामममा जस्तै काठमाण्डुको माइती घरमा पनि प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑