वीरगंज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ मलोलीटाँडीमा स्थानीयले पाटे बाघ मारेको घटना प्रकाशमा आएको छ ।सोमबार बेलुकी जंगलबाट गाँउमा छिरेको पाटेबाघलाई स्थानीय केहि व्याक्तिहरुले घेरामा पोर घरेलु हतियारबाट प्रहार गरि मारेको आशंकामा प्रहरी र वन कार्यालयले अनुसन्धान अगाढि बढाएको छ ।
सब डिभिजन वन कार्यालय रंगपुरका रेन्जर कपिलदेव यादवका अनुसार , जंगलबाट बाटो बिराएर एउटा पाटे बाघ सोमबार बेलुकी ६.३० बजेतिर गाँउमा छिरेको थियो । गाँउमा छिरेको उक्त बाघलाई ५÷६ व्याक्तिहरुले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए ।
तर अध्याँरोमा भएको उक्त घटना बारे मंगलबार मात्र थापा पाएपछि वन कार्यालय र प्रहरीले उक्त मृत बाघलाई सब डिभिजन वन कार्यालय रंगपुर टाँडीको परिसरमा खाल्डो खनेर गाडेको यादवले जानकारी दिए । बाघ मार्ने घटनामा संलग्नहरुको पहिचान भईसकेकाले उनिहरुको खोजी कार्य जारी रहेको रेन्जर यादवले जानकारी दिए ।