• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनवाइइएफ वीरगंजको तेस्रो साधारण सभा सम्पन्न, अग्रवाल बने नयाँ अध्यक्ष

  • वीरगंज संजाल
  • ४ असार २०८०, सोमबार १९:०१
  • १७६१

    वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न एनवाइइएफ वीरगञ्ज च्याप्टरको तेस्रो साधारणसभाले सर्वसहमतिबाट सन्दीप अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यहाँस्थित होटल लर्ड्स दियालो प्लाजामा आयोजित साधारणसभाले आगामी वर्ष २०८०/८१ को कार्यकालका लागि अग्रवालको नेतृत्वमा गठन गरेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल र दृतिय उपाध्यक्षमा विश्वास प्रताप साह चयन भएका छन् । त्यसतै कार्यसमिति सदस्यमा विकास ठाकुर, अक्षत शाह, मनिषा सुनुवार श्रेष्ठ, मोहित गुप्ता, दीपल खन्ना, किसन केयाल, सूरज रुङ्ग्टा, चन्दन सिंह र राधा हमाल चयन भएका छन् । च्याप्टरको आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ । निवर्तमान अध्यक्ष राकेश साहलाई पनि एनवाइइएफको प्रावधानअनुसार कार्यसमिति सदस्यमै राखिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए । त्यसैगरी च्याप्टरको सल्लाहकार समितिमा एनवाइइएफ वीरगञ्जका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, पूर्वअध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिषकुमार लाठलाई मनोनित गरिएको छ ।

    साधारणसभामा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले साधारणसभाको सफलताको कामना गर्दै नगर विकासका लागि युवा उद्यमीसँग आफू सधै हात्तेमालो गर्न तयार रहेको बताए । ‘तपाईँ युवाहरु मेरो ऊर्जाका स्रोत हुनुहुन्छ । तपाईँहरुसँग मिलेर काम गर्न म सधै तयार छु, आउनुहोस हात्तेमालो गरौँ, के गर्न सकिन्छ मिलेर गरौँ,’ उनले भने । मेयर सींहले वीरगञ्जमा नयाँ किसिमको उद्योग, व्यवसाय र उद्यमको स्थापना गर्नुपर्नमा जोड दिँदै भने, ‘त्यहीँ परम्परागत सिमेन्ट, छडको उद्योग नखोलेर अब युवा साथीहरुले नयाँ किसिमको उद्योगमा लगानी गर्दै स्थानीयहरुका लागि रोजगारीको सृजना गर्नु पर्‍यो ।’ नयाँ उद्योग र व्यवसाय स्थापनाका लागि आवश्यक मैत्रीपूर्ण नीति बनाउन महानगरपालिका सधै तयार रहेको उनले बताउँदै उनले थपे, ‘बोलाएर मात्र आउँछु भन्ने प्रवृति पनि छाड्नुपर्‍यो, महानगर तपाईँ सबैको हो, यसलाई वैभव बनाउँने जिम्मा पनि तपाईँ सबैको । आउनुहोस, हात्तेमालो मात्र नगरेर काँधमा काँध मिलाएर अगाडि बढौँ ।’उनले वीरगञ्जलाई युवा मैत्री शहर बनाउँन एनवाइइएफबाट आफूले आगामी वर्षमा वर्तमान भन्दा दश गुणा बढी काम र सहकार्यको अपेक्षा गरेको बताए । नवनिर्वाचित अध्यक्ष सन्दीप अग्रवालले सिकाइमार्फत सदस्यहरुको नेतृत्व र उद्यमशीलता विकास गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो नेतृत्वबाट प्राप्त सिकाइलाई लागू गर्दै आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने आफ्नो योजना सुनाउँदै उनले भने, ‘नयाँ र पूराना सदस्य विचको सम्बन्धलाई प्रगाढ बनाउने किसिम गतिविधिलाई मैले प्राथमिकतामा राख्ने छु, एक अर्कासँग सिक्दै नेतृत्व र उद्यमशीलता विकास गरेर आफ्नो व्यवसाय र उद्यममा योगदान गर्न सक्ने किसिमको माहोल बनाउने मेरो प्रयास रहन्छ ।’ त्यसतै देशका अन्य स्थानमा रहेका एनवाइइएफ च्याप्टरसँग सम्बन्ध विस्तार, नेपाल उद्योग वाणिज्य महासङ्घ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, व्यापार तथा निकास प्रवर्द्धन केन्द्र, भन्सार कार्यालय, आन्तिरक राजश्व कार्यालय, वीरगञ्ज महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहसँगको सहकार्यमा पनि सिकाइका कार्यक्रमको आयोजना गर्दै उनीहरुसँगको सम्बन्धलाई थप मजबूत बनाउने आफ्नो योजनाका रहेको अग्रवालले सुनाए ।

    यस्तै स्थानीय स्तरमा वित्तीय, सञ्चार संस्था र अन्य सङ्घ संस्थाहरुसँग पनि समन्वय गरेर कार्यक्रमको आयोजना गरिने उनले बताए । ‘विगतका तिन वर्षमा एनवाइइएफले प्राप्त गरेको पहिचानलाई थप उँचाईमा पुर्‍याउने मेरो प्रयास रहने छ,’ अग्रेवालले भने । आगामी दिनमा एनवाइइएफ वीरगञ्जले जिम्मा पाएको वीरगञ्ज रात्री बजार जस्ता कार्यक्रमलाई थप व्यवस्थित ढङ्गले आयोजना गर्दै सहभागिता बढाइने उनले बताए । अग्रवालले सङ्घीय सरकारले अगाडि सरेको मेड इन नेपाल अभियानसँग एनवाइइएफको भिजन मिल्दोजुल्दो भएको बताउँदै भने, ‘कोभिड-१९ महामारीका कारण तयारी गरेर पनि आयोजना गर्न नसकिएको मेड इन नेपाल कार्यक्रम आफ्नो कार्यकालमा गर्ने म प्रयासरत रहनेछु । त्यसकासाथै स्टार्टअप कल्चरको विकास, नयाँ उद्यमीहरुको पहिचान, लगानीको अवसर सृजना गर्ने किसिमका कार्यक्रमलाई मैले प्राथमिकतामा राख्ने छु ।’एनवाइइएफका वीरगञ्जका प्रथम अध्यक्ष अनुप अग्रवाल र निवर्तमान अध्यक्ष राकेश साहको कार्यकाल सफल भएको बताउँदै उनले थपे, ‘पहिलो वर्षमा हामीले विभिन्न सरकारी, निजी र गैह्र सरकारी सङ्घसंस्थासँगको समन्वयमा कार्यक्रमको आयोजना गरेर एनवाइइएफ वीरगञ्जको पहिचान स्थापना गर्दै सम्बन्ध विस्तार गर्‍यौं भने दोस्रो कार्यकालमा पहिलो वर्षको पहिचानलाई थप उँचाईमा पुर्‍याउन सफल भयौं ।’ एनवाइइएफका निवर्तमान अध्यक्ष राकेश साहको सभापतित्वमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले प्रमुख आतिथ्य गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी, एनवाइइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष साहारा जोशी, दृतिय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, एनजीसी सदस्य कृष्ण सापकोटा, नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगपति एवम् अर्थविद् जगदीश अग्रवाल, वरिष्ठ उद्योगपति रमेश अग्रवाल, लायन्स क्लबका देवकी नन्दन अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑