आज:
  • होमपेज / Breaking News

    बारामा ९ वर्षीय बालिकालाई करणी गरी हत्या गर्ने साहलाई आजीवन कैद सजाय

  • वीरगंज संजाल
  • ४ असार २०८०, सोमबार १४:१५
  • ३९०१

    वीरगंज । बारामा ९ वर्षीय बालिकालाई करणी गरेर हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका–७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाएका छन् । आदर्शकोतवाल गाउँपालिका–७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीया बालिकालाई ललाइफकाइ कुखुरा फर्ममा बोलाएर सन्तोष साह कानुले ०७८ पुस २५ गते करणी गरेर हत्या गरेका थिए । हत्यालगत्तै साहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को (१) अनुसार ज्यान सम्बन्धी कसुर र दफा २१९ को करणी सम्बन्धी व्यवस्थाको (३) अनुसार आजीवन जन्मकैद सजाय भएको छ ।

    बारा जिल्ला अदालतले यी दुबै कानुलाई टेकेर साहलाई आजीवन जन्मकैदको फैसला भएको श्रेस्तेदार (उपसचिव) नवराज जोशीले जनाए । करणीमा पीडित जीवित रहेको अवस्थामा जन्मकैदको व्यवस्था छ तर करणी पश्चात हत्या हुँदा दोहोरो सजाय हुने व्यवस्था अनुसार पीडकलाई आजीवन जन्मकैदको फैसला भएको बारा जिल्ला अदालतले जनाएको छ । मुलुकी अपराध संहिता अनुसार जन्मकैद भन्नाले २५ वर्ष र आजीवन जन्मकैद भन्नाले जीवनभर कैद सजायलाई मानिन्छ । ‘दुबै कसुर कायम हुने ठहर भएकाले प्रतिवादी सन्तोष साह कानुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ अनुसार जीवित रहेसम्म कैद हुने ठहर्छ,’ बारा जिल्ला अदालतका श्रेस्तेदार जोशीले भने ।

    यस्तो थियो घटना

    ०७८ पुस २५ गते दिउँसोका समयमा घरबाट बाख्रा चराउन गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । त्यसको २ दिनपछि ०७८ पुस २७ गते दिउँसो अन्दाजी १२ः३० बजे जमुनी खोलाको पानीमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन् । कुखुरा फर्मको नजिकै बाख्रा चराइरहेकी बालिकालाई साहले आफ्नै पिताले सञ्चालन गरेको कुखुरा फर्म नजिकै बोलाएर करणी गरेको र बालिका चिच्याएपछि घाँटी थिचेर, बालिकाको टाउकोमा कोदालो हानेर हत्या गरेका थिए । हत्या लगत्तै साहले बालिकाको शव बोराले छोपी राखेको र सोही दिन राति १२ बजेपछि कोही नभएको मौका छोपेर जमुनी खोलामा फालेका थिए । साहले बालिकाको करणी र हत्या लगत्तै घटनामा प्रयोग भएका केही सामान आगो लगाएर जलाएका थिए । भोलिपल्ट बिहान कुखुरा फर्मबाट आमा घरतर्फ जान लाग्दा साहले प्लाष्टिकको झोलामा बालिकाको जुत्ता, रुमाल प्याक गरी आफ्नी आमा शान्तिदेवीलाई नहरमा लगेर फाल्न लगाएका थिए । यद्यपि, सो घटनामा बारा जिल्ला अदालतले शान्तिदेवीलाई भने सफाइ दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिदेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै छोराले आफूलाई नहरमा फाल्न पठाएको झोला लगायतका विषयमा जानकारी दिएपछि प्रहरीले बालिकाको हत्यामा साह नै संलग्न रहेको पत्ता लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑