वीरगंज । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ को संघिय सांसद समेत रहेकाे प्रभू साहले बारा पर्सा रौतहट मुख्य सडक गण्डक जोडने पूल बंङगरी र दूधौरा ,खोला पुल भत्केर आवत जावतमा स्थानीयलाई समस्या भएको हुँदा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको भन्दै सरकारलाई ध्यान आकर्षण गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा सुन्य समयमा बोल्दै साहले सरकारलाई त्यसबारे जानकारी गराएका हुन्। यस्तै रौतहट जिल्लाको कलैया कटहरिया सडक खण्ड अन्तर्गत पर्ने मलाही पेटभर्वा पुलको केहि दिन अगाडी निरिक्षण गर्दा त्यो पूल झण्डै २०७० सालमा ठेका भएको थियो। तर जिल्ला विकास समितिले २५ % कामै न गरि ठेकेदारलाई पूरा भुप्तानी गरिएको रहस्य पाइएको छ?
त्यती मात्रै होइन धरौटी पैंसा समेत ढेकेदारले पाइसकेको छ सभामुख महोदय? अहिले रातको दिन र दिनको रात बनाउँने भ्रष्ट कर्मचारीलाई कानुनको दयारा ल्याउने काम चाँडै होस् सम्बन्धित निकाय संग प्रभू साहले सभामुख मार्गत सरकारलाई ध्यान आकर्षण गराएका हुन ।