• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको परवानीपुरमा दलित समुदायसंग छुवाछूतको भेदभाव कायमै

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार ०७:३३
  • १८४५

    वीरगंज । बाराको परवानीपुर गाउँपालिका देशकै सब भन्दा सानो गाउँपालिका हो । जसको कुल जनसंख्या २२ हजार ७ सय ८७ रहेको छ । यो गाउँपालिकामा ५ वटा वडाहरू रहेको छ । यस गाउँपालिकामा विभिन्न जातीका मानिसहरूको बसोबास रहेको छ । यस गाउँपालिकामा हिन्दु, मुस्लिम, दलित लगायत अरुपनि जातीय समुदायका मानिसहरूको बसोबास रहेको छ । खासगरी दलीत समुदायका मानिसहरूले सबै जातका समुदायहरूसंग मिलेर साथ, सहयोग र सहकार्य गर्दै आएको पाइन्छ । तर उनीहरूसँग ती जातका मानिसहरू अहिले पनि छुवाछूतको दृष्टिले हेर्ने गरेको सत्य कुरा हाम्राे अगाडी रहेकाे छ । यो सब ब्यवहार मानौं दलितहरुको लागि अभीश्राप जस्तै भएको छ । आज यो संसार विज्ञानको मदतले धेरै अगाडि बढेको भए पनि अमानवीय ब्यवहारको कारण समाजमा बिकृती पनि फैलीएको छ । आजको यूगमा पनि मानिस मानिसबीच राम्रो समबन्ध नहुँदा समाजमा निक्कै समस्या उत्पन हुने गरेको छ ।

    आज समाजा बिभिन्न बिकृती फैलीनुको प्रमुख कारण नै दलितहरु माथी गरिएको अमानवीय व्यवहार नै हो । हाम्रो देशको खासगरी मधेश प्रदेशको अधिकांश जिल्लाहरूमा दलितहरुको समस्या निक्कै पीडादायीक रहेको छ । परवानीपुर गाउँपालिकामा दलितहरु छुवाछूतको शिकार बन्दै गएका छन । चाहे त्यो धर्म सांस्कृतिकका कार्य होस, चाहे सामूहिक पूजापाठको कार्य नै किन नहोस दलितहरु जहिले पनि दुःख पाएकै छन । यस गाउँपालिकामा वडा नं ५ बहुअरी बस्ने हरिन्दर हजराले दलीत भएकै कारण आफूहरु सामाजिक कार्यहरूमा वञ्चित हुँदै आएको दुःखेसो पोखे । “ १० वर्ष अगाडि आफ्नै गाउँमा महायज्ञ हुँदा हामी दलितहरूलाई त्यसमा पूजा पाठ गर्नबाट वञ्चित गराईएको उनले स्मरण गरे “ । अर्का स्थानीय निर्वाचित दलीत महिला उषा देवी महराले भनिन “एउटा जनप्रतिनिधिको रूपमा आफू अपहेलित हुनु परेको बताइन् । उनले भनिन“ जनताले मलाई यति ठूलो बहुमतले जीताएको तर दलीत भएकै कारणले आफू जनताकाे लागि खासै केही गर्न नसकेको दुःखेसो पोखिन“ । यो परम्परालाई कसले तोडने, कहिले अन्त्य हुने चिन्ता सबैमा छ । यसैगरी अर्का स्थानीय महन्थ हजराले हामी दलीत समुदायका मानिसहरू सदियौं देखी हेपिदै आएको बताए । उनले अहिले पनि हामीले छोएको पानी ठूला समुदायका मानिसहरूले खान नमानेको बताए । यती मात्र होइन उनीहरूको घरमा जादा अलग नै बस्नु पर्ने नियम अहिले पनि यो समाजमा कायम रहेको र भाडाकुडा समेत अछुत हुने गरेको बताए । चाहे समाजमा कुनै समाजिक कार्य होस, वा कुनै ठूला वडा कार्यक्रमहरु नै किन नहोस त्यसमा दलितलाई समावेश गराईदैन ।

    देशमा सरकारले यत्रो ठूलो नियम कानुन बनाए पनि समाजका ठूला अगुवाहरूले त्यसलाई पालना नगरेको र उनीहरूले आफ्नो वर्चस्व कायम गर्ने गरेको पाइन्छ । खासगरी बारा, पर्सा, रौतहट, र पूर्वका जिल्लाहरूमा यस्ता किसिमको घटनाहरू महिनौ पीछे घटदै गएको पाइन्छ । जातीय छुवाछूतको अपहेलना सम्बन्धी मुद्दामा धेरै मानिसहरू कानुनको फन्दामा परी सजाय भोगिरहेको तथ्यांक छ । तर छुवाछूतको समस्या अहिले पनि निर्मूल हुन सकेको छैन । खासगरी स्थानीय तहको सरकारले दलित समुदायको समस्या र सामाधानको उपाय पहिचानगरी कडाइका साथ कार्यान्वयन गर्न जरुरी रहेको देखिन्छ । यसमा अरु समुदायका मानिसहरूको पनि साथ र सहयोगको निक्कै जरुरी देखिन्छ । हामी मानिस होऔं हामी मानिस जस्तै बस्नुपर्छ । जातीय छुवाछूतको समस्यालाई सबै मिली अन्त्य गर्नुपर्छ भन्ने अहिलेको आवश्यकता हो । यस गाउँपालिकामा जातीय छुवाछूतको समस्या, बेरोजगारी, शिक्षा, बस्नको लागि बास स्थान लागायतका समस्याहरू बढी छन । अर्का एकजना युवाले आफू दलित भएको कारणले आफ्नै टोलका युवाहरुसँग खेल्न नहुने, संगै घुम्न नसक्ने लगायत विभिन्न अवसरहरुबाट वञ्चित हुनु परेको दुःखेसो पोखे । यस्ता रितीरिवाजलाई बन्द गर्न सके मात्र समाजमा एकरुपता आउने स्थानीय जतन महराले बताए । यो लडाईलाई जीत्न राजनीतिक दलहरुको ठुलो भुमीका हुने, उनीहरुको बुझाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑