वीरगंज । भारतबाट डिजेर र पेट्रोलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढेर आएको हो ।
आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । आईओसीले हरेक १५÷१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।