वीरगंज । मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नम्वर– ८ निवासी ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्ण बहादुर लोको करेन्ट लागेर मृत्यु भएको हो।
बुधबार मकै बारीमा लत्रिएको बिजुलीको नांगोतारलाई पोल गाडेर उठाउनका लागि फलामको खन्तीले खाडल खन्ने क्रममा तारलाई छुन गई उनीहरुलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेबबहादुर कार्कीले जानकारी दिए।