• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोसी सरकारले ल्यायो नीति तथा कार्यक्रम : संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार ११:२९
  • १९९७

    वीरगंज । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कोसी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएसँगै बजेट अधिवेशन अन्त्य भएको छ । अध्यादेशबाट बजेट ल्याउने तयारीस्वरूप सरकारले बजेट अधिवेशन अन्त्य गराएको हो । सरकारले असंवैधानिक काम गरेको भन्दै प्रतिपक्षी दलहरूले चर्को विरोध जनाएका छन् भने सत्तापक्षीय दल एमाले र राप्रपाले बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको भन्दै बचाउ गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । लगत्तै सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्यको घोषणा भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २४ जेठमै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो । तर, गठबन्धनमा रहेको माओवादी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको सरकारले एक सातापछि नीति कार्यक्रम ल्याएको हो । नीति कार्यक्रममा संविधानका साझा अधिकार लिन प्रयत्न गर्ने, दिगो विकासका लक्ष्य हासिल गर्न पहल गर्ने, दलहरूको घोषणा कार्यान्वयनमा जोड दिने, प्रदेश गुरुयोजना कार्यायोजना लागू गराउनेजस्ता कार्यक्रम उल्लेख छन् । यसैगरी, आवधिक योजना पूरा गराउन पहल गर्ने, संघीयता दिगो रूपले कार्यान्वयन गराउन पहल गर्ने, प्रदेश सभाले निर्माण गरेका कानुन कार्यान्वयन गराउन विशेष चासो दिनेलगायत कार्यक्रम ल्याएको छ ।

    विपक्षी दलहरूको चर्को विरोध
    अल्पमतको सरकारले नीति कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद केदार कार्कीले अल्पमतको सरकारले झारा टार्ने तरिकाले नीति कार्यक्रम प्रस्तुत गराएर बजेट अधिवेशन अन्त्य गराई अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै आलोचना गरे । संसद्मा विश्वासको मत नलिई नीति कार्यक्रम ल्याएर तथा अध्यादेशबाट बजेटको तयारी गरेर सरकारले प्रदेशका जनताको अपमान गरेको आरोप लगाए । एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति कार्यक्रममा छलफल नै नगराई संसद् अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने गलत दिशातिर सरकार अघि बढेको बताए ।

    ‘हामी चाहन्छौँ, सरकारले असंवैधानिक काम नगरोस् । पहिले विश्वासको मत लियोस्,’ उनले भने । माओवादी सांसद गणेश उप्रेतीले संविधानको धारालाई बेवास्ता गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोज्नु संविधानको उल्लंघन हुने प्रतिक्रिया जनाए । ‘नियमित चलिरहेको अधिवेशन अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्नु असंवैधानिक कदम हो,’ सांसद उप्रेतीले भने, ‘यस्तो अभ्यासले संघीयता बदनाम हुन्छ ।’ सत्तापक्षका सांसदहरूले भने नीति कार्यक्रम र बजेट सरकारको बाध्यता रहेको बताएका छन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परे पनि नीति कार्यक्रम र बजेट ल्याउनु बाध्यात्मक रहेको तथा यो मुख्यमन्त्रीको अधिकार पनि भएको बताए । उनले सरकारले कुनै पनि संवैधानिक प्रक्रिया नमिचेको तर्क गरे । राप्रपा सांसद अम्मरबहादुर विष्टले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमले सबै क्षेत्रलाई समेटेको र संवैधानिक प्रक्रियाअनुसार नै ल्याइएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑