• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा भारु रुपैयाँको लेनदेन ठप्प

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार १०:१३
  • १७०१

    वीरगंज । नेपालमा भारतीय रुपैया(भारु)को लेनदेन ठप्प हुन थालेको छ । केही महिना पूर्व महँगो रहेको भारुको मूल्य क्रमिक रुपमा घटेको छ । अवैध बजारमा भारु निकै कमजोर भएको व्यवसायीहरु बताउँछन् । बजारमा २ हजार र ५ सय दरको नोट लेनदेन प्रायः बन्द नै भइसकेको छ । अन्य दरका भारु लिन पनि व्यवसायीहरुले अस्वीकार गर्न थालेका छन् । नेपाली पेट्रोलपम्पलगायतका कतिपय व्यवसायिक प्रतिष्ठानहरुमा भारु नलिने सूचना नै टाँस गरिएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ जनकपुरधामका अध्यक्ष किसुनदेव साहले बजारमा भारुको अवमूल्यन हुन थालेकाले लेनदेन बन्द गरिएको बताए । ‘मूल्यमा स्थिरता नरहेकाले भारुको कारोबारमा कमी आएको छ ’उनले भने, पेट्रोलपम्पहरुमा भारुको कारोबार पूर्ण रुपमा नै बन्द भएको छ । नेपालमा अहिले भारु फालाफाल रहेको उल्लेख गर्दै एकजना व्यवसायीले भने, साना दरको नोट लिए पनि ठूला दरको नोट ठप्प नै भएको छ । भारतीय रिजर्व बैंकले गत महिना सार्वजनिक सूचना जारी गर्दै अक्टोबर मसान्तसम्म दुई हजार दरको भारु बैंकमा साट्न भनेको छ ।

    एक जनाले दैनिक अधिकतम् १० वटा दुई हजार दरको नोट मात्र बैंकमा सटही गर्ने व्यवस्था गरिएको छ । नेपालमा राष्ट्र बैंकले भारु १ सय दरको नोटलाई मात्र मान्यता दिएको छ । १ सय भन्दा बढी दरको भारु नोटलाई नेपालमा अवैध मानिएको छ । नेपालीहरुले संञ्चित गरेको २ हजार र ५ सय भारु नोट धमाधम साट्न थालेका छन् । भारतीय सीमावर्ती बजारमा १ सय ५० देखि १ सय ५५ रुपैयाँमा १ सय भारु पाइन्छ । सीमा क्षेत्रमा रहेका व्यवसायीहरुले नेपाली रुपैयाँमा कारोबार गर्न बढी उत्सुक देखिएका छन् । नेपाली रुपैयाँमा सामान खरिद गर्दा भारु १ सय मूल्यको सामान नेपाली १ सय ५० देखि १ सय ५५ रुपैयाँमा दिने गरेका छन् । नेपालमा १ सय भारुको कारोबार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरमै भइरहेको छ । तर अन्य नोटको अवस्था दयनीय रहेको छ । २ हजार र ५ सयको भारु नोट चलाउन नेपालीहरु सीमाक्षेत्रका आफ्न्त अथवा तस्करहरुसित सम्पर्क बढाउन थालेका छन् । भारु कमजोर हुनुको यथार्थ कारण भने कुनै व्यवसायीले बताउन चाहँदैनन् । सुन तस्कर र हुण्डी कारोबारीहरुले धन्धाबाट हात झिकिसकेको बताउँछन् । उनीहरुले पनि भारतीय मुद्रा नेपाली मुद्रासित कमजोर हुनुको कारण यकिन गर्न सकेका छैनन् । सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ बलियो रहे पनि त्यो भने फेरि नेपालमै फर्किने गरेको छ ।

    नेपालमा १ सय भारु मात्र वैध रहेको छ । भारतमा नेपाली मुद्रालाई वैधता छैन् । सीमावर्ती भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ पुनःअवैध मार्गबाट नेपाल भित्रिने गरेको छ । तस्करी मार्गबाट नेपाल आउने नेपाली रुपैयाँ कहिले काहीँ प्रहरीले बरामद समेत गर्छन् । त्यस्ता रुपैयाँको प्रहरीले स्रोत खोज्ने गरेकोछ । भारु कमजोर भए पनि आम नेपालीलाई त्यसबाट खासै लाभ भने भइरहेको छैन् । खुद्रा भारु लिनेहरुलाई बैंकको विनिमय दर अनुसार नै नेपाली दिनु परिरहेको छ । भारु कमजोर हुनुको कारणबारे व्यवसायीहरुले अनभिज्ञता प्रकट गर्छन् । कतिपयले नेपाली बजारबाट भारततर्फ तस्करी हुने क्रम बढेको हुनसक्ने बताए । उनीहरुले नेपाली बजारमा भारतीय मुद्रा आवश्यकता भन्दा धेरै बढी रहेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सीमावर्ती क्षेत्रमा अनुसन्धान गरिरहेको छ । अधिकारीहरुले अनुसन्धान भइरहेको बताए पनि त्यसको प्रतिवेदन सार्वजनिक भइ नसकेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑