आज:
  • होमपेज / Breaking News

    मधेश प्रदेश : बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८०, बुधबार १६:१५
  • १६८१

    वीरगंज । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ ।

    स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो । राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

    यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए । बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑