• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको जगरनाथपुर गाँउपालिकाले किराना पसलबाट किन्याे खाेप

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८०, बुधबार १५:५३
  • १९७३

    वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षमा किराना पसलबाट खोप खरिद गरेको पाइएको छ । विविध प्रकारका ठेक्कापट्टा गर्ने, विविध सामग्री कारोबार निर्माण, भवन निर्माण सामग्री तथा हार्डवेयर सामानको खुद्रा व्यापार गर्ने गरी फर्म दर्ता भएकोमा भ्याक्सिन जस्तो विशेष भण्डारण गरी राख्नु पर्ने वस्तुको समेत किराना पसलबाट खरिद गरिएको पाइएको हो । जगरनाथपुर गाउँपालिकाले ३ वटा फर्मबाट १४ लाख १३ हजार ३७९ रुपैयाँ बराबरको भ्याक्सिन खरिद गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    २०७८ फागुन २१ मा जय दुर्गा गहवामाई सप्लायर्सबाट ४ लाख ७६ हजार ६८४ रुपैयाँको पीपीआर भ्याक्सिन–२५६० खरिद भएको छ । सोही मितिमा महाँदुर्गा सप्लायर्सलाई बीक्यू भ्याक्सिन, ३ र ५ एमएलको सिरिन्ज तथा सिरिन्ज भण्डारणका लागि ४ लाख ७६ हजार ६८४ रुपैयाँ भुक्तानी गरिएको छ । यसैगरी फागुन ९ मा पृथ्वीराज ट्रेड सप्लायर्सबाट ४ लाख ६० हजार रुपैयाँको सिरिन्ज र बीक्यू भ्याक्सिन खरिद गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकृतका अनुसार किराना पसलबाट भ्याक्सिन खरिदको बिल पेस गरी अनियमितता त गरिएकै छ, त्यसमाथि सिरिन्ज भण्डारणको समेत भुक्तानी गरेका छन् । ‘किरानाको व्यापार गर्ने कारोबारीले भ्याक्सिन बिक्रीको इजाजत पत्र पाउँदैन्,’ ती अधिकृतले भने, ‘सिरिन्ज खरिद गर्दा त्यसको भण्डारण शुल्क दिनुपर्दैन ।’ यी दुवै खोप गाईवस्तुलाई लगाइन्छ ।

    उक्त भ्याक्सिन उपयोगसमेत नभएकोले भुक्तानी भएको रकम असुल गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा कुनै रकम भुक्तानी दिँदा रीत पुगे/नपुगेको जाँच गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७७/८८ मा टेन्डर भई कार्य सम्पन्न भइसकेको सम्बन्धित विभिन्न योजनाहरुको भुक्तानी दिन बाँकी रकमबाट गाउँपालिकाले किराना पसलबाट भ्याक्सिन खरिद गरेको पाइएको छ । जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गाउँपालिकाका तत्कालीन अध्यक्ष जालिम मियाँको कार्यकालमा अनियमितता भएको बताए । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार अनियमितता गर्ने सम्बन्धित कर्मचारी र फर्मलाई पत्राचार गर्ने अध्यक्ष यादवले बताए । ‘अनियमितता गर्नेलाई गाउँपालिकाले पत्राचार गर्ने तयारीमा छ,’ अध्यक्ष यादवले भने, ‘यस्ता अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्नुपर्छ । गाउँपालिकाको पत्रलाई नटेर्ने सम्भावना पनि छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑