• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार १५:४२
  • २१९३

    वीरगंज । बालबालिकाको शरीर होस् वा मस्तिष्क निकै संवेदनशील हुन्छ । यो उमेरमा नै शारीरिक तथा मानसिक विकासक्रम हुने भएकाले तुलनात्मक रुपमा हुर्किंदै गरेका बालबालिकाको लागि वयस्क र वृद्धभन्दा बढी योग जरुरी हुन्छ । बढ्दो उमेरसँगै उनीहरुमा हार्मोनल, मानसिक तथा भावनात्मक परिवर्तन पनि सँगै भइरहेका हुन्छन् । त्यससमय योग सिकाएर बानी बसाल्न सकियो भने उनीहरुको सन्तुलित विकासमा सहयोग पुग्छ । यसले शरीरमा भइरहने परिवर्तनलाई सहज र बाधारहित बनाउँछ । शरीरलाई लचिलो हुन सहज बनाएर उचाइ बढाउन मद्दत गर्नुका साथै चुस्त, दुरुस्त र फूर्तिलो बनाउँछ । तसर्थ, बालबालिकालाई योग आवश्यक छ ।

    कस्तो योगाभ्यास सिकाउने ?

    बालबालिकालाई खेलमा आधारित सिकाउनुपर्छ, जसले उनीहरुमा योग गर्ने चाहना बढोस् र मनोरञ्जन पनि लिन सकुन् ।
    १. भुजंगासन

    यो योगाभ्यास बालबालिकाको विकासको लागि राम्रो हुन्छ । सर्पको आकृतिमा बसेर गरिने यो अभ्यासले मेरुदण्डलाई लचिलो बनाउँछ । पाचन क्षमता र श्वासप्रश्वास प्रणालीलाई पनि भुजंगासनले फाइदा पुर्‍याउँछ ।

    २. वृक्षासन

    वृक्षासन बालबालिकाले मनोरञ्जन लिन सक्ने उपयोगी योगाभ्यासमध्ये पर्छ । यसले शारीरिक, मानसिक सन्तुलन कायम गरेर मानसिक एकाग्रताको क्षमता विकास गर्छ ।

    ३. सर्वाङ्गासन र हलासन

    यी दुई आसन शरीरलाई उल्टो बनाएर गरिने अभ्यास हुन् । अर्थात्, टाउको तल, खुट्टामाथि । यी दुवै आसनमा रक्तसञ्चारको प्रवाह टाउकोतर्फ पुग्छ । जसले मानसिक स्वास्थ्यलाई सुधार गर्छ । र, दिमागलाई शान्त राख्छ ।

    ४. सूर्य नमस्कारको चक्र

    बालबालिकालाई १२ आसन भएको सूर्य नमस्कार गराउन सकिन्छ । यसले शरीरको सम्पूर्ण विकासमा भूमिका खेल्छ । जस्तै, जोर्नी, मांसपेशी, उनीहरुका अंगहरुको बनावटलाई आवश्यक कसरत प्रदान गर्छ । सूर्य नमस्कारमा मन्त्र पनि छ । मन्त्रले मानसिक विकास र चक्रले शारीरिक विकास गर्छ ।

    ५. प्राणायाम

    बालबालिकालाई सानैदेखि प्राणायाम जरुरी हुन्छ । हिजोआज प्रदूषणले गर्दा शरीरले स्वस्थ ऊर्जा प्राप्त गर्न नसक्ने हुँदा प्राणायाम आवश्यक छ । जसले मानसिक क्षमता, मनोबल, एकाग्रता बढाउँछ । यसले रोगसँग लड्ने तागत पनि दिन्छ । प्राणायाममध्ये पनि बालबालिकाको सबैभन्दा राम्रो भ्रामरी र शीतकारी प्राणायाम हो । भ्रामरी प्राणायामले इन्द्रियहरुलाई स्वस्थ राख्छ । यो प्राणयाम गराउँदा धेरै सास नरोकी अनुलोमविलोमको अभ्यास गराउनु फाइदाजनक हुन्छ । शीतकारी प्राणायामले बालबालिकालाई आराम दिन्छ । पेटको रोग र रिसलाई शान्त गर्छ ।

    ६. ध्यान

    बालबालिकालाई कुनै कुराप्रति एकाग्र बनाउन ध्यान गराउन सकिन्छ । मूर्ति, उदाउँदै गरेको घाम, खुला आकाश, कुनै संगीतको धुन, गायत्री मन्त्र सहज ध्यान गराउन सकिन्छ । यस्ता किसिमको ध्यानले उनीहरुको पढाइमा हुने तनाव, मानसिक उल्झन, रिस र क्रोधलाई हटाउन सक्छ । मानसिक र आध्यात्मिक ध्यानले पनि ठूलो योगदान दिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑