• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठगी मुद्धाका अभियुक्त यादवलाई जिल्ला अदालत पर्साले उन्मुक्ति दिन खोजेको आरोप

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार १०:२९
  • १७४९

    वीरगंज । राहुल गुप्ता । पर्सा प्रहरी हिरासतमा रहेका भारतीय नागरिकलाई छुटाइदिने भन्दै आफन्तसँग पैसा ठगेको अभियोगमा पक्राउ परेका दुईजना व्यक्तिलाई जिल्ला अदालत पर्साले उन्मुक्ति दिन खोजेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला अदालत तथा सरकारी वकिल कार्यालयको नाममा पैसा असूल गरेको अभियोगमा पक्राउ परेका पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मनिष यादव र फारुख मियाँलाई जिल्ला अदालत पर्साले नै उन्मुक्ति दिन खोजेको आरोप लागेको हो । जिल्ला अदालत पर्साका सरकारी वकिल र न्यायधीशलाई रकमको प्रलोभनमा पारी यादव र मियाँलाई ठगी मुद्दाबाट धरौटीमा रिहा गर्न चलखेल भइरहेको श्रोतले बताएको छ । श्रोतका अनुसार यादव र मियाँलाई धरौटीमा रिहा गर्नका लागि ३२ लाख रुपैयाँको बार्गेनिङ्ग भएको बताएको हो । उनीहरु विरुद्ध चलाइएको ठगी मुद्दाको थुनछेक सोमबार हुँदैछ ।

    थुनछेक पश्चात यादव र मियाँलाई उन्मुक्ति दिने जिल्ला अदालत पर्साको नै योजना रहेको बताइएको हो । पक्राउ परेका दुबैजनालाई पहिला जिल्ला प्रहरी कार्यालय पर्साले नै मुद्दा कमजोर बनाई उन्मुक्ति दिन खोजेको थियो । तर विभिन्न सञ्चारमाध्यमहरुमा समाचारहरु प्रकाशन भएपछि पर्सा प्रहरी उनीहरुमाथि ठगी विरुद्धको मुद्दा चलाएको थियो । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेर जिल्ला अदालत पर्सामा फाइल बुझाइसकेको छ भने त्यो मुद्दाको थुनछेक सोमबार गरेर उनीहरुलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत पर्साको योजना रहेको श्रोतको दाबी छ । गत वैशाख २६ गते पर्साको विन्दवासिनी गाउँपालिका – ५ प्रसौनीभाठ्ठाबाट श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक धनञ्जय कुमार गुप्ता र मुसाहेब आलमलाई प्रहरी हिरासतमुक्त गराईदिने भन्दै मनिष र फारुखले उनीहरुको परिवारसँग ३ लाख ४० हजार रुपैयाँ लिएका थिए । हुण्डी कारोबारी आरोपमा पक्राउ परेका धनञ्जय र मुसाहेबलाई छुटाई दिन्छु भन्दै मनिष र फारुखले रकम लिएको पुष्टि पनि भइसकेको छ।

    पैसा दिएपनि हुण्डी कारोबारी आरोपी नछुटेपछि परिवारका सदस्यले पर्सा प्रहरी उपरीक्षक कोमलविक्रम शाहलाई आफूलाई ठगेको बारे जानकारी गराएका थिए । जानकारी पाउनसाथ प्रहरी उपरीक्षक शाहले मनिष र फारुखलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारको मुद्दा चलाएर उन्मुक्ति दिन खोजेको घटना सार्वजनिक भएपछि प्रहरीले उनीहरु विरुद्ध ठगी मुद्दा चलाएको थियो । अब प्रहरीबाट उन्मुक्ति पाउन नसकेपछि ठगीका आरोपीहरुलाई अदालतबाट उन्मुक्ति दिलाउन विभिन्न चलखेल भइरहेको बताइएको छ । श्रोतका अनुसार ठगी गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी परेपछि मनिष र फारुखले धनञ्जयको परिवारलाई पैसा फिर्ता गरिसकेका छन् । धनञ्जय र मुसाहेब बारे सूचना दिनेपनि मनिष र फारुखनै रहको प्रहरी श्रोतको दावी छ । उनीहरुले लामो समयदेखि यसरी नै प्रहरीलाई विभिन्न व्यक्तिका बारेमा सूचना दिने र पछि पक्राउ परेका व्यक्तिका परिवारका सदस्यसँग पैसा लिएर मुद्दा मिलाउने धन्दा गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑