• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाई नगरपालिकाले ११ लाखमा खरिद गरेको ५८ वटा मोबाइल,कहाँ गयो

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०८०, आईतवार २०:२७
  • २५६१

    वीरगंज । रामनिवास पटेल । स्थानीय तहका पदाधिकारी तथा सदस्यले नपाउने गरी सेवा–सुविधा पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले लिएको पाइएको छ। नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको छ। उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन प्लसलगायत कम्पनीका ५८ वटा मोबाइल विभिन्न सात वटा फर्मबाट खरिद गरेको थियो। ११ लाख १५ हजार ९ सय ९४ रुपैयाँ बराबरको उक्त मोबाइल अहिले कहाँ छन्, कुन अवस्थामा छन् कसैलाई थाहा छैन। नगरपालिकाका तत्कालीन मेयर नितेन्द्र साहको पालामा नगरपालिकाका बोर्ड मेम्बरका लागि भनेर उक्त मोबाइल खरिद गरिएको थियो। तर, अहिले ती मोबाइलहरू कसले प्रयोग गरिरहेका छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन। मधेस प्रदेश सरकारबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ मा पालिका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल सुविधा दिने व्यवस्था छैन।

    तैपनि, नगरपालिकाले आफ्ना बोर्ड सदस्यहरूका लागि लाखौँका मोबाइल खरिद गरी वितरण गरेको थियो। उक्त मोबाइलमध्ये एउटा रेडमी कम्पनीको मोबाइल आफूले पनि पाएको बहुदरमाई नगरपालिका–९ का तत्कालीन एवं हाल पनि वडाध्यक्ष रहेका रवि गुप्ताले जानकारी दिए। उनले सो मोबाइल बोर्ड मेम्बरका लागि नगरपालिकाले खरिद गरेको जानकारी दिँदै मोबाइल आफूले पनि पाएको तर पछि नगरपालिकालाई नै फिर्ता दिएको बताए। आफूसहित वडा कार्यालयका कर्मचारीले पनि नगरपालिकाको मोबाइल नचलाउने गरेको वडाध्यक्ष गुप्ताको भनाइ छ। ‘बोर्ड मेम्बरहरूको लागि भनेर नगरपालिकाले मोबाइल किनेको थियो मैले पनि एउटा पाएको थिएँ रेडमी कम्पनीको थियो,’ उनले भने, ‘अहिले भने म आफ्नै ब्यक्तिगत मोबाइल चलाउँछु।’वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र यादवले पनि आफूसहित वडाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाइरहेको जानकारी दिए। उनले नगरपालिकाले एउटा मोबाइल दिन भने पनि आफूले नलिएको बताए।

    यस्तै, नगरपालिकाका हालका मेयर सिँगासन साह तेलीले पनि आफूले आप्mनै मोबाइल चलाइरहेको जानकारी दिए। उनले नगरपालिकाबाट मोबाइल नलिएको बताए। ‘म आफ्नै मोबाइल चलाउँछु नगरपालिकाबाट मोबाइल लिएको छैन, मेरो आफ्नै हो,’ उनले भने।पहिलेका जनप्रतिनिधिले भने मोबाइल खरिद गरेको कुरा भने जानकारी भएको मेयर तेलीको भनाइ छ। यता, ११ लाखभन्दा पनि बढीको ५८ वटा मोबाइल एक आर्थिक वर्षमै खरिद भएको तथा उक्त मोबाइल कहाँ र कुन अवस्थामा छन्, कसले चलाइरहेको छ भन्नेबारे आफूलाई पनि जानकारी नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तफाले जानकारी दिए। उनले मोबाइलबारे नगरपालिकाबाट जानकारी लिएर थप जानकारी गराउने बताए। ‘५८ वटा मोबाइलमध्ये कसले कतिवटा चलाइरहेका छन् यसबारे पूरै जानकारी मलाई पनि छैन,’ उनले भने, ‘म कार्यक्रममा छु, नगरपालिकाबाट बुझेर यसबारे भन्छु।’ कार्यालय प्रमुख र लेखापालले भने एक–एक वटा मोबाइल नगरपालिकाको चलाइरहेको मुस्तफाले बताए। उनले अन्य कसले कुन मोबाइल चलाइरहेको छ भन्नेबारे थाहा नभएको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑