वीरगंज । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्। रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ। ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ।
किभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ। नक्कली सन्देश विभिन्न सामाजिक सञ्जालमा प्रसारित भएका थिए। रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई आफू बसेको ठाउँ खाली गर्ने घोषणा गरेको छ।
‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने। बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश नक्कली भएको बताएको छ जसको उद्देश्य शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न केन्द्रित रहेको बुझिएको छ। एमआरआइ रेडियो स्टेशनले पनि यसलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो।