पर्सा । रामनिवास पटेल । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ गादी बनकटवा टोलबाट सालको गोलीया काठसहित एक जना पक्राउ परेका छन् ।
सब डिभिजन वन कार्यालय रंगपुर टाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वनगीती टोलीले बनकटवा टोलबाट सालको काठसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ मलाही टोलका ३४ वर्षिय करिमन मुखिया बिन रहेका छन् ।
प्रदेश नं २– ०३–०१२ प २०२१ नम्बरको मोटरसाइकलमा सालको काठ ओसार्दै गरेको अवस्थामा बिनलाई वनगस्ती टोलीले सोमबार बिहान काठ र मोटरसाइकलसहित पक्राउ गरेको रेन्जर कपिलदेव यादवले जानकारी दिए ।