काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।
यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट
आव २०७०/७१ –२१ अर्ब ४० करोड
आव २०७१/७२ –२३ अर्ब २८ करोड
आव २०७२/७३ –२१ अर्ब ५१ करोड
आव २०७३/७४ –२७ अर्ब ४३ करोड
आव २०७४/७५ –२४ अर्ब २६ करोड
आव २०७५/७६ –२९ अर्ब ९४ करोड
आव २०७६/७७ –३४ अर्ब ८३ करोड
आव २०७७/७८ –३७ अर्ब ४० करोड
आव २०७८/७९ –४५ अर्ब ०५ करोड
आव २०७९/८० –५५ अर्ब ८९ करोड