वीरगञ्ज । पर्सा ग्रामिण पत्रकार समाजले जिल्लाको ग्रामीण भेगका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका – २ स्थित पर्यटकीयस्थल भुमरीमाई मन्दिरमा शनिबार बसेको समाजको बैठकले तालिमको आयोजना गर्ने निन्रय गरेको उपाध्यक्ष प्रमोद यादवले जानकारी दिए ।
बैठकले संस्थालाई वैधानिक रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रकृया अगाडि बढाउने र त्यसकालागि समन्वय गर्ने जिम्मा उपाध्यक्ष यादव र सदस्य रामजी यादवलाई दिने निर्णयपनि गरेको छ । बैठकले ग्रामीण भेगका पालिका र प्रहरी कार्यालयबाट सूचना सहज रुपमा पाउने अवस्था नभएकाले त्यसकालागि ज्ञापनपत्र बुझाउने निर्णयपनि गरेको उपाध्यक्ष यादवले जानकारी दिए ।
पर्सा ग्रामीण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चौरसियाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जीव मिश्र, सदस्य तिवारी यादव, श्याम कुशवाहा लगायतकोपनि उपस्थिति रहेको थियो ।