काठमाडौं । इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुई इरानी सीमा गार्ड र एक तालिबानी लडाकु इरान र अफगानिस्तानको सीमावर्ती चौकी नजिकै गोली चलाउँदा मारिएका छन् । पानीको अधिकारको विवादको बीचमा दुई देशहरूबीच तनाव बढ्दै गएको छ ।
अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले एक विज्ञप्तिमा भने, “आज, निमरोज प्रान्तमा इरानी सीमा सेनाले अफगानिस्तानतर्फ गोली हानेको थियो, जसको जवाफी प्रतिक्रिया थियो ।” “अहिले अवस्था नियन्त्रणमा छ । इस्लामिक इमिरेट्स अफगानिस्ताने आफ्ना छिमेकीहरूसँग लड्न चाहँदैनन्,” प्रवक्ताले पीडितहरूको पहिचान नगरी भने ।
उनले दुवै पक्षबाट एकजनाको मृत्यु भएको र कैयौं घाइते भएको बताए । यद्यपि, इरानको आधिकारिक इरान समाचार एजेन्सीले पछि दुई इरानी सीमा गार्डको मृत्यु भएको र दुई इरानी नागरिक घाइते भएको बताएको छ । अर्ध सरकारी अंग्रेजी भाषाको अखबार तेहरान टाइम्सले तीन इरानी सीमा सुरक्षाकर्मी मारिएको जनाएको छ ।