वीरगञ्ज | डुबानको समस्या समाधान गर्न वीरगञ्जका मूख्य नालाहरुको सर सफाई गरिँदै छ। वर्षातको समय वीरगञ्जमा हुने डुबान र बाढीको समस्यालाई समाधान गर्न वर्षायाम पूर्व वीरगञ्जका मूख्य नालाहरुको सर सफाई गरिँदै छ । वर्षौँदेखि नालाहरु सफाई नहुँदा वर्षा हुन बितिकै शहरको बजार क्षेत्रमा डुबान हुने गर्दछ ।
यद्यपि वीरगञ्जका मेयर राजेशमान सिंहले यसलाई समाधान गर्न वर्षायाम पूर्वनै आधुनिक सफाई उपकरणको प्रयोग गरेर महानगरको विभिन्न ठाउँमा रहेका अन्डरग्राउण्ड (भूमिगत) र खुल्ला नालाहरूको सफाईलाई तिव्रता दिएका छन् । सफाई पछि वर्षातको पानी नाला मार्फत सहजै पास हुनेभए पछि डुबानको समस्या धेरै हदसम्म समाधान हुने उनको विश्वास छ ।
घर, उद्योग र व्यवसायबाट उत्पादन हुने फोहरलाई नालामा नफ्याँकि फोहर सङ्कलन गर्न आउने गाडीमा राखेर वीरगञ्जलाई सफा र स्वच्छ शहर बनाउने अफियानमा सहयोग गर्न मेयर सिंहले सम्पूर्ण नगरवासीसँग अनुरोध पनि गरेका छन् ।