सप्तरी । सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले दिएको जानकारीपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले बताए ।
‘शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ,’ एसपी कार्कीले भने, ‘अनुसन्धानपछि मात्र थप कुरा थाहा हुन्छ ।’