• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकारले पारदर्शिताका साथ सकारात्मक समाचार दिनुपर्छ: एसपी सिंह

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०९:२८
  • ३१२१

    वीरगंज | उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् ।  “सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ,”  उनको भनाई थियो । प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्रीले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।  होटल क्लार्क शिराजमा भएको सम्मेलनमा भारत, नेपाल र बंगलादेशका ४०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।  कन्क्लेभको विषय “समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान” रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री प्रा एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले गलत असर पर्ने बताए । समाजमा जसरी गलत पत्रकारिताका लागि पहेँलो पत्रकारिता शब्द प्रयोग गरिन्थ्यो, त्यसरी नै प्रशासनिक कर्मचारीको भ्रष्टाचारलाई रातो फीता शब्द दिइएको उनले बताए ।  तर अब यी सबैबाट बच्ने र आफ्नो छवि सफा राख्ने समय भएको उनको भनाई थियो ।  तुलसीदासको दोहोरीलाई वर्तमान युगको परिप्रेक्ष्यमा परिमार्जन गर्दै उनले कवि, वैद र पत्रकारले भयभीत भएर प्रशंसा गरे देश बर्बाद हुने बताए ।  प्रजातन्त्रका चार खम्बा मध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्ने समेत उनले बताए ।  त्यसैले पत्रकारले पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।  कुनै पनि हालतमा लक्ष्मण रेखा पार नगर्न उनले आग्रह गरे ।  उनले भने, ‘नारदजीले जस्तै पत्रकारले सूचना मात्रै दिदैनन्, पीडितलाई न्याय पनि दिन्छन् भन्ने हामीलाई थाहा छ ।”

    उत्तर प्रदेश राज्यका शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताए ।  “पत्रकारले मात्रै जनतालाई सचेत गराउँछन् ।  संकटकालमा पत्रकारिताको चेतनाको प्रभाव हामीले देख्यौं ।  अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउँदा पत्रपत्रिकाले पनि आवाज उठाए र विरोध गरे ।  फलस्वरूप तत्कालीन सरकार ढल्कनुपरेको थियो ।  पत्रकारले राम्रो मनले काम गरे मात्र समाज, राज्य र देशमा परिवर्तन ल्याउन सक्छ,” उनको भनाई थियो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै उनले ती वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने बताए ।  पत्रकारिताका चुनौतिहरुको बारेमा चर्चा गर्दै उनले धेरै सतर्कता आवश्यक रहेको बताए ।  “सावधान रहनुहोस्, तथ्यहरू जाँच गर्नुहोस् र पारदर्शी हुनुहोस्, त्यसपछि आफ्नो समाचार फर्वार्ड गर्नुहोस् ।  हिन्दी पत्रकारिता सम्पदा हो, यसलाई सम्हाल्नैपर्छ,” उनको भनाई थियो । आज पत्रकारहरु एकजुट हुनुपर्ने पनि उनले बताए । 

    उपजाका प्रदेश अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको बताए ।  “न त प्रतिष्ठानबाट उचित पारिश्रमिक पाउँछन् न समाजबाट उचित सम्मान पाउँछन्, आफ्नो विचित्र परिस्थितिलाई पनि सबैले बुझ्नुपर्छ ।  मिडियामाथि अंकुश लगाइँदैछ, पत्रकारले अरुको पीडा लेख्न सक्छ, आफ्नो होइन ।  यसका लागि पत्रकार सङ्गठनहरू बलियो भएर आफ्ना समस्याहरू आपसमा समाधान गर्नु उपयुक्त हुन्छ,” पाण्डेको भनाई थियो । सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले भारत लोकतन्त्रको जननी मुलुक भएको बताए ।  “नेपाल र बंगलादेशमा भारतको सहयोगबाट मात्रै लोकतन्त्र आएको हो ।  विश्वका धेरै देशहरू पनि भारतीय पत्रकारिताबाट प्रभावित छन् ।  प्रेरणा लिनुहोस्, हामीले यसबाट सिक्नुपर्छ, दक्षिण एसियाका पत्रकारले सोच्नुपर्छ,” लामाले बताए ।  अफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गर्न परेको पनि उनको भनाई थियो । दक्षिण एशिया साथै भारतमा पनि पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको उनले बताए ।

    सार्क जर्नलिस्ट्स फोरमका महासचिव बंगलादेशका मोहम्मद अब्दुर रहमानले कार्यक्रम गौरवशाली भएको बताए । “भारतको लोकतन्त्र पनि समृद्ध र प्रेरणादायी छ, म यसलाई सलाम गर्दछु,” उनको भनाई थियो । वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको संकटबारे विशेष प्रतिबिम्ब प्रस्तुत गरेका थिए । उनले हरेक किसिमको समाचारबाट पत्रकारहरुलाई चुनौती भएपनि सुरक्षा उपलब्ध नहुने भएकाले नैतिकता पत्रकारको कवच भएको बताए ।  “प्रख्यात पत्रकार पराडकर जीले अमर शहीद राजगुरुलाई पिस्तौलले गोली चलाउन सिकाएका थिए तर पराडकर जीले कहिल्यै पिस्तौल प्रयोग गरेनन्,”उनको भनाई थियो ।  महात्मा गान्धी, पंडित नेहरु, अटलजी, आडवाणी आदि पनि पत्रकार रहेको उनले बताए ।  सबैको बारेमा लेख्ने पत्रकारले आफ्नो बारेमा कहिल्यै लेखेनन, पत्रकारिता आउँछ र जान्छ तर समाज यहीँ रहने उनको भनाइ थियो ।  त्यसैले समाजलाई समृद्ध र सभ्य बनाउनुपर्छ, तब मात्र हाम्रो पत्रकारिता सार्थक हुने उनको भनाई थियो । 

    मञ्चमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी पनि थिए । कार्यक्रमको सुरुमा प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारिताका अगाडि थुप्रै चुनौतिहरु रहेकाले सबैले सामना गर्नुपर्ने बताए ।  कार्यक्रमको सञ्चालन गर्दा कोषाध्यक्ष विवेक जैनले आगराको पत्रकारिता र यसको इतिहासको बारेमा प्रकाश पारे। क्लबका अध्यक्ष अशोक अग्निहोत्री, वरिष्ठ पत्रकार विनोद भारद्वाज, आदर्श नन्दन गुप्ता, जसवीर सिंह जस्सी, शिव चौहान, सञ्जय सिंह, रिंकी तोमर, अजेन्द्र चौहान, अरुण रावत, मनिष जैन, विजय बघेल, समीर कुरेशी, कपिल अग्रवाललगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑