• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सदनमा सत्तापक्ष र प्रतिपक्षको आक्रोश : भ्रष्टाचार र घुसखोरी अन्त्य गर्न प्रतिबद्धता जनाउन जोड

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०९:१६
  • १०८१

    वीरगंज । मधेश प्रदेशसभाको बैठकमा सत्तापक्षसँगै प्रतिपक्षका सांसदहरु आक्रोशित देखिएका छन् । पहिलो अधिवेशनको दशौं बैठकमा बिहीबार सांसदहरु सरकारको काम कारबाहीप्रति असंतुष्टि व्यक्त गरेका हुन् । नेकपा एमाले संसदीय दलका उपनेता सांसद दीपेन्द्र ठाकुरले मधेश प्रदेशको समग्र विकासका लागि दलभन्दा माथि उठ्न सांसदहरुलाई आग्रह गरे । भ्रष्टाचार अन्त्य हुन नदिनका लागि सरकार र कर्मचारी दोषी रहेको उनले आरोप लगाए । ‘भ्रष्टाचार न्यूनीकरण एउटा प्रक्रिया हो । सबै जना मिलेर यसको अन्त्य गरौं,’ उनले भने, ‘कर्मचारीले घुस लिन्छन् । तर सांसदहरुले असहमति जनाउँदैन् ।’ नेताहरुले नै घुस लिने कर्मचारीलाई संरक्षण पनि दिएको उनले आरोप लगाए ।

    सांसदहरु मौन बस्दा अनेक बहानामा कर्मचारीहरुले घुस लिइरहेको उनको कथन थियो । संघीय सरकारको विभेद विरुद्ध उनले प्रदेशको सांसदहरुलाई कसम खाएर एक ठाउँमा उभिन अनुरोध गरे । ‘संघीय सरकारले निजामती ऐन प्रस्तावना गर्दैनन्, प्रहरी ऐन लागु गर्दैनन् भने हामी सबै सभासदहरु कसम खाउ,’ उनले आक्रोशित हुँदै भने,‘भोलिदेखि बसौं बाटोमा । आन्दोलन गरौं ।’ प्रदेश सांसदहरु एक भए संघीयतालाई कसैले हल्लाउन नसक्ने उनले दाबी गरे ।

    जनमत पार्टीका सांसद सतीश सिंहले सरकारले प्रदेशसभालाई बिजनेश नदिएकोमा आपत्ति जनाए । तलव भत्ताको लागि मात्रै सांसद बन्नुको कुनै औचित्य नरहेको उनले बताए । जनताको करको सही सदुपयोग नभएको उनको गुनासो थियो । कृषि क्षेत्र विकासको सँधै आवाज उठे पनि त्यसअनुरुप सरकारको लगानी र काम नभएको उनले बताए । ‘समयमा मल, खाद, बीउ, सिँचाई र बजारीकरणमा धेरै ठूलो समस्या रहेकोछ’ सिंहले भने, सरकारको प्राथमिकतामा यी विषय अझै सम्म परेको छैन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोज सिंह कुशवाहाले सरकारको बचाउ गरे पनि प्रदेशको कर्मचारीप्रति असंतुष्टि जनाए । प्रदेश सरकारले सुशासन र शान्तिको लागि प्रयासरत रहे पनि प्रहरी ऐन कार्यान्वयन नहुँदा आम जनतालाई अनुभूति गराउन नसकेको उनले बताए । सबै सांसदलाई संघीयता बचाउन गम्भीर हुनुपर्ने उनले आग्रह गरे । सर्लाहीका स्वतन्त्र सांसद जवाहरलाल कुशवाहाले सय दिनमा सरकारले कुनै काम र उपलब्धि हासिल गर्न नसकेको बताए । ‘सरकारले सय दिनमा कुन–कुन काम ग¥यो सार्वजनिक गर्नुपर्ने कि नपर्ने ? जवाफ दिनुपर्ने कि नपर्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑