• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बटसावित्री व्रत/शनि जयन्ती

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०८:५१
  • १८२१

    सावित्री र सत्यवान्को प्रेम कथा
    ज्येष्ठ औँसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् । सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जङ्गलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए । आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ आशा छ, एक दिन यमराज र सावित्रीबिच भएको संवादलाई कुनै लेखकले शब्दमा उतार्नेछन् । कालिदासको मेघदूत झैँ यो कृति पनि युगान्तसम्म रुचाइनेछ । यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बटसावित्री व्रतका रूपमा हरेक वर्ष ज्येष्ठ औँसीमा सम्झना गरिन्छ । विवाहित महिलाहरूले आजका दिन व्रत लिने चलन छ । पुरुषहरूले पनि आजका दिन आफ्नी पत्नीलाई उनीहरूको स्नेहका लागि धन्यवाद जनाउने चलन छ । यस वर्षको बटसावित्री व्रतको सबैलाई शुभकामना ।


    शनि जयन्ती
    जय शनिदेव
    ॐ शं शनैश्चराय नमः, ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः, ॐ भानुपुत्राय नमः, ॐ क्रूराय नमः, ॐ धनदाय नमः

    ज्येष्ठ कृष्ण औँसीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुष्प्रभाव र अशुभ फल नाश भई मन वाञ्छित शुभ फल मिल्ने शास्त्रीय कथन छ ।

    शनि जयन्ती कसका लागि विशेष रहन्छ ?
    जो जातक शनिको दुष्प्रभावले अनेकौँ समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुण्डली, वर्ष कुण्डली, गोचर दशा, महादशा, अन्तर्दशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अडैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याहरूबाट पीडित हुनेहरूलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रसन्न पार्न सके मन वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

    को हुन् शनिदेव ?
    शनिदेव भगवान् सूर्य र छायाको पुत्र हुन् । शनिलाई सौर्य मण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पतिपछिको सबैभन्दा ठुलो ग्रह मानिन्छ । शनि तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौँ र दशौँ स्थानमा शनिको पूर्ण दृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्र ग्रह हुन् । बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन् ।

    शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको सिर मा स्वर्ण–मुकुट र निलो वस्त्र धारण गर्नुभएको उहाँ गिद्धमा सवारी गर्नुहुन्छ ।

    फलित ज्योतिषका अनुसार, शनिलाई अशुभ मानिन्छ । शनि नवग्रहमध्ये शनिको स्थान सातौँ हो । शनि एउटा राशिमा तीस महिनासम्म रहन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी हुन्छ । मानिन्छ कि गुरुत्व बलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्बकीय शक्तिद्वारा शनिसम्म पुग्छ । जसको कृत्य कार्य अनुसार परिणाम पनि चाँडै मिल्छ ।

    शनिलाई क्रूर ग्रहको संज्ञा किन दिइन्छ ?
    शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त रु शनिको पत्नीको श्रापको प्रसङ्ग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको चित्र रथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् ।

    कुनै दिन रात्रिकलामा शनि पत्नीले आफ्नो पतिसँग ऋतु दानको इच्छा गरिन् । तर शनिदेव त्यति बेला भगवान् विष्णुको ध्यानमा मग्न थिए । कामातुर पत्नीले धेरै बेर प्रतीक्षा गर्नुपर्‍यो । अनि आवेगमा रहेकी शनिकी श्रीमतीले आफ्ना पतिलाई श्राप दिइन् । पछि पश्चात्ताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन, उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउको निहुँर्याएर हिँड्न थालेको कथा वर्णित छ ।

    शनिदेवलाई न्याय प्रिय राजा मानिन्छ । स्कन्द पुराणको काशी खण्डमा वर्णित कथाअनुसार, एक दिन सूर्य तथा छाया पुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने कि म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचर जगत् तथा नवग्रहहरूमध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौँ । जुन पद कसैले पनि प्राप्त गर्न सकेका छैनन् । ‘हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठुलो होस् । देवता, दानव, असुरादि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ, उसको कल्याण होस् र जसलाई क्रूर दृष्टि पर्छ उसको सर्वनाश होस् ।’

    शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो । आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्न गरी नव ग्रहहरूमध्येको एउटा उच्च पद प्राप्त गर्नुभयो ।

    त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम सुम्पिनु भएको थियो । त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसँग भयभीत रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहीमाथि शनिको दृष्टि अडैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ ।

    शनि ग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउने सामर्थ्य शनिमा हुन्छ । शनिकै दृष्टि दोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौँ दुख, कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथा छ ।

    शनि जन्म जयन्तीको सन्दर्भ
    शनि जन्म जयन्तीको सन्दर्भमा स्कन्द पुराणमा एउटा पौराणिक कथा छ, जसअनुसार शनि, सूर्यदेव र उनकी पत्नी छायाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञासँग भयो । तर केही समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केही समय त संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् । तर केही समयपछि संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् । त्यसै कारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट हिँडिन् ।

    केही समयपछि छायाको गर्भबाट शनि देवको जन्म भयो । एक दिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छायालाई आरोप लगाए कि ‘शनि मेरो छोरो हैन ।’ जब शनिलाई आफ्नो मातामाथि यस्तो आरोप लागेको थाहा पाए । आफ्ना पिता सूर्यसँग क्रोधित भए । यस कारणले शनि र सूर्यमा वैर भावना रहन विश्वास गरिन्छ ।

    शनि जयन्तीमा हनुमानको आराधना
    आजको दिन हनुमानजीको आराधनाको पनि महत्त्व छ । रावणको योग बलबाट बन्दी शनिदेवलाई लङ्का दहनको समयमा हनुमानजीले बन्धन मुक्त गरिदिनु भएको थियो । त्यसै बन्धन मुक्त गरेको कारणले शनिदेवले हनुमानजीसँग वर माग्नु भन्दा हनुमानजीले भन्नुभयो, कलियुगमा जो कसैले पनि मेरो आराधना गर्छ भने उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियो । त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्छ । शनिदेव वचनबद्ध भएका कारण आफ्नो प्रकोप गरी शुभ–फल प्रदान गर्नुहुन्छ भन्ने कुरा लोकमा व्याप्त छ ।

    आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, सिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न हुने विश्वास गरिन्छ । यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पूजा गरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धार गर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दान–दक्षिणा गर्नाले शनिजन्य ग्रह–पीडा कम भई शुभ फल मिल्ने कुरा शास्त्रमा वर्णित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑