वीरगञ्ज। सर्बोच्चले वीरगञ्ज मुख्य सडक २५ गज भत्काउने आदेश दिए पछि वीरगञ्जकाे मुख्य सडकका घरमा डाेजर चल्ने निश्चित भएको छ। सडक डिभिजन हेटौंडाका प्रमुख यादवले बागमती प्रदेशको राजधानी हेटौंडा बजार सहित वीरगन्ज र आफ्नो कार्यालय मातातहमा रहेको सडकमा अब २५/२५ मिटर नभएर २५/२५ गज मात्रै भत्किाउने अन्तिम तयारी भइरहेको बताउनुभयो । सर्बोच्चले नै २५ गज भत्काउने आदेश दिएकाले अब कानुनी रुपमा कसैले झमेला गर्ने अवस्था नभएका कारण आफूहरु सडक चौडा गर्ने तायरीमा जुटेको यादवको भनाइ छ । मिटर भन्दा गज सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने गजमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा गज ० दशमलव २८०८४ फिट कम हुन्छ । एक गज बराबर ३६ इन्चि हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिटमा हुन्छ । २५ गजमा ७५ फिट हुन्छ । यसैका आधारमा सडक चौडा गर्ने तयारी भइरहेको हो ।
सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ । पटक पटक मुद्दा परेका कारण सडक बिस्तार गर्ने कार्यमा अवरोध आएपनि अब भने सडक बिस्तारको तयारीमा सडक डिभिजन कार्यालय हेटौंडा जुटेको हो । सर्बोच्च अदालतले हालै सडक बिस्तारको सवालमा फैसला गरेपछि अब आफूहरुका लागि बाटो खुलेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राकेशकुमार यादवले जानकारी दिनुभयो ।
वीरगन्ज हेटौंडा सडखण्डको पथलैया क्षेत्रमा राष्ट्रिय निकुञ्ज परेकाले जनावरहरुका लागि सहज आवतजावतका लागि परामर्स दाताले दिएको सुझाव आएपछि काम शुरु गर्ने तयारी सडक बिभागको छ । यादवले मुख्यगरी वीरगञ्ज,हेटौंडा,सिमरा,निजगढ सहितका मानवीय बस्ती भएका क्षेत्रमा सहमतिका आधार तय गर्दै सकेसम्म स्थानीयहरुले नै भत्काइए हुन्थ्यो भन्ने सोच आफूहरुको रहेको र यसका लागि पहल पनि गरिने र समय पनि दिइने तर यसो नभएको खण्डमा भने अन्तिम बिकल्पको रुपमा अबको ६ महिनाभित्रमा डोजर चलाउन बाध्य हुने बताउनुभयो ।