• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ पुस्तासंग मेयर संवाद

  • वीरगंज संजाल
  • १ जेष्ठ २०८०, सोमबार १४:१६
  • १३६५

    वीरगञ्ज । वीरगञ्जलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् । रेडियो वीरगञ्जले सोमबार आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले आफ्नै कार्यकालमा महानगरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता जनाए । सिंहले भने, ‘तपाई जस्तै युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । तपाईहरुको साथ र सहयोग पाएँ भने महानगरलाई सभ्य, सुन्दर र घुम्न लायक बन्नमा कुनै समय लाग्दैन ।’ महानगरले अहिलेसम्म गरेका कामहरुको मूल्याङ्कन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि उनेल आग्रह गरे । सहभागी युवाहरुको जिज्ञासा मेटाउँदै महानगर प्रमुख सिंहले भने, ‘बाल उद्यान पार्क र परवानीपुरको विपश्यना पार्कलाई मनमोहक बनाउँदै नि:शुल्क प्रवेश गर्न पाइने बनाइनेछ । कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी काम भइरहेको छ । पार्कलाई व्यवस्थित बनाई हेर्न र घुम्न लायक बनाउने तयारी भइरहेको छ ।’ उनकाअनुसार वीरगञ्जको मितेरी पूलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा छ । मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने महानगरको योजना रहेको पनि मेयर सिंहले सुनाए ।

    महानग अन्र्तगतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अङ्ग्रेजी माध्यम लागू गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको पनि जानकारी दिए । यसअघि शुल्क तिरेर पढ्नुपर्ने अङ्ग्रेजी माध्यमलाई महानगरले नि:शुल्क बनाएर सबैले पढ्न पाउने व्यवस्था गरेको भन्दै उनले आउँदा शैक्षिक सत्रबाट अन्य विद्यालयलाई पनि यस्तै परिमार्जन गर्दै लैजाने गरी गृहकार्य भइरहेको बताए । यात्रुबाहक बस लगायतका सार्वजनिक सवारी साधनमा पनि विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा छुटको व्यवस्था गर्नका लागि महानगरले सरोकारवालाहरुसँग छलफल गर्ने र विद्यार्थीको सहजताका लागि आवश्यक काम गरिने स्पष्ट पारे ।

    सिमित साधन स्रोतमा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउँदै उनले अपेक्षा अनुसारको काम गर्न यो साधन स्रोतमा केही समय भने चाहिने बताए । ‘हामीसँग स्रोत साधन एकदम सिमित छ, त्यसैले अपेक्षा अनुसारको काम गर्न असहज भए पनि वीरगञ्जबासीलाई निराश बनाउने छैन । जुन आशा र भरोसाका साथ मलाई मत दिनुभएको थियो, त्यहीअनुरुप वीरगञ्ज र वीरगञ्जबासीको विकासका लागि म सँधै कटिबद्ध छु,’ उनले भने । सरसफाईमा कसैसँग सम्झौता नगर्ने सिंहले पुरानै अडानलाई फेरी दोहोर्‍याए ‘जितपुरको ललका पूल कट्ने बित्तिकै सभ्य हुने हामी वीरगञ्जमा जथाभावी फोहोर फाल्छौ । असभ्य भइहाल्छौ,’ उनले भने, , ‘त्यसैले कृपया महानगरलाई सुन्दर र सफा बनाउने अभियानमा हातेमालो गर्नुहोस, जथाभावी फोहोर नगर्नुहोस् ।’

    कर्यक्रममा सहभागि नयाँ पुस्ताका सुमित क्यालले महानगर प्रमुखमा सिंह निर्वाचित भएदेखि धेरै सुधार र विकासका काम भएको बताए । क्यालले भने, ‘अहिलेसम्मको प्रगती सन्तोषजनक छ, तर यहाँ घुम्ने र रमाउने खालका ठाउँहरुको अभाव छ । विदाको दिन हामीलाई अहिले पनि हेटौडाको त्रिखण्डी, चितवनको सौराहा लगायतका ठाउँमा पुग्नुपर्छ । यसको अन्त्यका लागि पहल गरियोस् ।’ कार्यक्रममा सहभागी आशिका शर्माले वीरगञ्ज ब्रह्म चोक पछाडिको क्षेत्रमा फोहोर उठाउने ट्याक्टर तथा सफाईकर्मीहरु नपुगेको गुनासो गरे । वीरगञ्जको पावरहाउसका शिशिर झाके सडक लगायत विभिन्न सार्बजनिक स्थानहरुमा डस्टबिन राख्नुपर्ने आवश्यक्ता खट्किएको बताए ।

    विद्यालयको शूल्कमा एकरुपता ल्याउनुका साथै शूल्क नदिँदा विद्यालयले दुव्र्यवहार गर्ने गतिविधिप्रति सुधार गर्नुपर्ने आर्यन साहको सुझाव थियो । त्यस्तै अर्का युवा श्याम गुप्ताले वीरगञ्जमा पनि पढ्दै कमाउँदै सकिने खालको वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याए । त्यस्तै अशोकबाटीकाकी प्रिति पाण्डेले महानगरले सिर्सिया (सरिस्वा) नदिलाई सफा बनाउने अभियान चालेकोमा खुशी व्यक्त गर्दै अब आउने छठ पर्वमा सफा नदिमा पूजा गर्न पाउने अपेक्षा व्यक्त गरिन् । उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय ध्रुबराज पराजुलीले वीरगञ्जमै टिकाउने खालका कार्यक्रम ल्याउन आग्रह गरे । विभिन्न स्थानमा रहेका नालालाई कभर गर्नुपर्ने र सिर्सिया पूलमा सेफ्टि बेरियर र लाईट राख्न पनि उको आग्रह थियो । कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक एवम् मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सञ्चार उद्यमी धूर्व साहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑