बारा । बारा जिल्लाबाट मधेस प्रदेशमा ठुला र साना गरि करिब ७ वटा पार्टी अध्यक्ष पदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको छ । मधेसमा सबै भन्दा ठुलो दल रहेको नेकपा एमाले पार्टीको मधेस प्रदेशको अध्यक्षमा ज्वाला कुमारी साहलाई जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस मधेस प्रदेशको सभापति रौतहट निवासी सभापति कृष्ण यादव संसदीय दलको नेतामा निर्वाचित भएसँगै मधेस प्रदेशका उपसभापति बारा जिल्ला निवासी चन्द्र शेखर कुमार यादवले नै कार्यवाहक सभापतिको जिम्मेवारीमा पार्टीका यावत कामकाज गर्दै आउनुभएको छ ।
त्यसैगरि प्रदेशमा सरकारको नेतृत्व गरिरहेको र विगतदेखि प्रभाव जमाएको जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्षमा पनि रामबाबु कुमार यादवलाई नै शौभाग्य मिलेको छ । लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्ष पनि बारा जिल्ला कै जितेन्द्र सोनलको काँधमा आएको छ । नागरिक उन्मुक्तिm पार्टीको अध्यक्षमा रामचन्द्र चौधरीले जिम्मेवारी पाएका हुन । कम समयमा उदाएको र देशमा नै निर्णायक भूमिका निर्वाह गर्ने सक्ने हैसियत बनाई सकेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष पनि बाराले नै पाउनु शौभाग्य जुटी सकेको छ । सो पदमा ममता शर्मा रहेकी छिन ।
विवेकशील साझा पार्टीका अध्यक्ष पनि बारा निवासी डाक्टर सुशील साहले जिम्मेवारी पाएका हुन । यस्तो अवस्थामा पनि जिल्लाको विकासमा फड्को मार्न नसके त्यस्तो अवसर फेरि मिल्छ कि मिल्दैन भने प्रश्न नागरिक समाजका अध्यक्ष उमेशलाल दासको रहेको छ । संयोगले मधेस प्रदेश सरकारमा पनि यस मध्ये कै धेरै पार्टीको सहभागिता रहेको छ । पार्टी भित्रका व्यक्तिहरू नै मुख्यमन्त्री, मन्त्री पदमा आसीन रहेको हुँदा पार्टीको जिम्मेवारी सम्हालेका अध्यक्ष हरूको कुरा नखानु त कल्पना नै गर्नु पर्दैन होला अध्यक्ष दास भन्नुहुन्छ ।