• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी जोगिने रुघाबाट? यस्ता छन् ८ उपाय

  • वीरगंज संजाल
  • २३ बैशाख २०८०, शनिबार १२:५७
  • १६१७

    वीरगंज | रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्। सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइस) हुन्छन्। संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई कहिल्यै रुघा नलागेको होस्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका ससाना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ। त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ।

    रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ। कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ। संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधि बनाउन सकिएको छैन। कतिले एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन्। तर रुघा निको पार्ने औषधि छैन। यो समस्या नहोस् भन्नका लागि केही रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ।

    रुघा लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा रहने
    रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन। यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठिक हुन्छ। यसै गरी रुघा संक्रमित व्यक्तिको सरसामान र लत्ता कपडा प्रयोग गर्नुहुँदैन।

    भिटामिन सी भएका खानेकुरा
    अमला, कागतीजस्ता भिटामिन ‘सी’ भएका फल र भोजनको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ। भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ।

    आराम र पानी
    रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा के के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन्। यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ। पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन्।

    पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ। रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सुपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषणतत्व पनि प्राप्त गर्नसकिन्छ। यस्तो बेलामा काम छाडेर आराम गर्नु उत्तम हुन्छ। सम्भव भएन भने कमसेकम शारीरिक रुपमा धेरै थाक्ने कामचाहिँ त्याग्नुपर्छ।

    नुनपानीले कुल्ला
    घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर गारगल (खकाल्ने) गरेमा दुखाई निकै कम हुन्छ। सम्भव भए दिनमा पाँचछचोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेलामा चाहिँ कुल्ला गर्नुपर्छ। यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ। घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा फाइदा गर्छ।

    मह र कागती
    घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनवटा फाइदा हुन्छन्। शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ। महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ। धेरै जसोले यसमा अदुवाको टुक्रा पनि हाल्छन्। अदुवालाई पानीसँग भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ।

    तातो पानीको वाफ
    सम्भव भएमा त पुरा जिउ नै तातो पानीको बाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ। तर हामीकहाँ यो सुविधा थोरै व्यक्तिमात्र उपयोग गर्न सक्षम छन्। पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिनचाहिँ सकिन्छ। पानीमा कति जनाले बास्ना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन्। यसरी बाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ। घाँटी दुखेको र अलिअलि छाती दुखेको पनि निको हुन्छ।

    औषधि
    रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधि प्रयोग गर्न सकिन्छ। यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जिउलाई धेरै आराम हुन्छ।

    घरेलु ओखती
    तुलसीको पात र दानालाई दुईतिन गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ। तुलसीको पात घरैमा पाइन्छ। आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑