अमेरिका | दुई महिनाको अवधिमा अमेरिकामा तीन बैंक टाट पल्टिएका छन् । प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक टाट पल्टिएको दुई महिनामै रिपब्लिक बैंक पनि टाट पल्टिएको हो । रिपब्लिक बैंकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारीनै बढी थिए । बैंकको ऋण चुक्तामा विरलै समस्या आउनेगर्थ्यो ।
तर बैंकको निक्षेप भने संघीय निक्षेप निगमले तोकेको सीमाभन्दा बढी थियो । निगमले २ लाख ५० हजार डलरको सीमा तोके पनि निक्षेपकर्तासँग त्यस सीमाभन्दा बढी रकम संकलन गरेको थियो । सीमाभन्दा माथिका रकम बिमीत रकम थिएनन् ।
बैंक टाट पल्टिएसँगै अब पैसा डुब्ने चिन्ता निक्षेपकर्ताहरूमा छ । उनीहरूले निगमको सीमाभन्दा बढी रकम राखेको स्थितिमा सबै रकम फिर्ता पाउने संभावना कमै हुन्छ । यद्यपि निक्षेप बिमा निगमका अनुसार रिपब्लिक बैंक टाट पल्टिएपनि निक्षेपकर्ताहरूले आफ्नो रकम भने प्राप्त गर्नेछन् ।
प्रविधि कम्पनीमा लगानी गर्दै आएका सिलिकन भ्याली र सिग्नेचर बैंकले पनि गत मार्चमा यस्तै स्थिति व्यहोरेका थिए ।रिपब्लिक बैंकका सम्पूर्ण सम्पत्ति जेपी मोर्गन कर्पोरेशनले लिएको छ । यस कम्पनी बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । अब रिपब्लिक बैंकको ग्राहक अब जेपी मोर्गन कर्पोरेशनको हुनेछन् ।