• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

  • वीरगंज संजाल
  • २१ बैशाख २०८०, बिहीबार १२:४७
  • २०३३

    बारा | पाँच दलीय गठबन्धनका नेता र सरकारका मन्त्रीहरुलाई विश्वप्रसिद्ध बाराको गढीमाइ मन्दिरसंगै महागढीमाई नगरपालिका क्षेत्रमा प्रवेश निषेध गरिएको जनप्रतिनिधीले बताएका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै महागढीमाई नगरपालिका र यस नगरपालिकामै पर्ने गढीमाई मन्दिरमा गठबन्धन दलका नेता र संघीय सरकारका मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको बताएका हुन् । फेसबुक पेजमा उनले लेखेका छन् –  ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु । धन्यवाद ।’

    बारा क्षेत्र नम्बर २ मा बैशाख १० मा भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खखटिएका मेयर यादवले बुधबार सामाजिक सञ्जालमा यस्तो पोष्ट गरिएपछि यसले चौतर्फी चर्चा पाएको छ ।
    २०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर यादव मेयरमा निर्वाचित भएका थिए । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै उनी मेयरमा निर्वाचित भएका थिए ।

    महागढीमाई नगरपालिकामा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा मेयर यादवले महागढीमाइनगरपालिका क्षेत्र र गढीमाई मन्दिरभित्र गठबन्धन दलका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।

    उक्त पोष्टमा मेयर यादव आफैले कमेन्ट गर्दै लेखेका छन् – नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो। अहिले पनि अतो पत्तो छैन। यसको कारणले नगरपालीकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारी लगायत स्थानिय बासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ। महागढीमाई नगरपालीकाको विकासको लागि गठबंधनका नेता र मन्त्रीज्यूहरुले वाचा गरेपनि अहिले सम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।

    मेयर यादवका अनुसार , गत फागुनको सुरुमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भइ अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन् । मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइदिदा नगरपालिकाका कर्मचारीहरुले तलब समेत खान नपाएको , आर्थिक देखि प्रशासनिक कामहरु ठप्प नै भएको , सेवाग्राहीहरुको काम नहुदा कर्मचारी र जनप्रतिनिधीले गालीगलौज सुन्नु परेको गुनासो मेयर यादवको छ ।

    प्रमुख प्रशासकिय अधिकृतका लागि मन्त्रालयमा आफु तीन महिनादेखि धाइरहेको भएपनि आश्वासन मात्र पाएको तर हालसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएको मेयर यादवले बताए ।यादवले भने,‘ मन्त्रालयमै धाएर पटक पटक ताकेता गर्दा गर्दै थाकेपछि विकल्प् नदेखिएपछि बाध्य भएर बुधबार फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेको हुँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑