बिरगंज । सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले साइकलमा स्टिकर टास्ने काम सम्पन्न भयो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा आज बुधबार वडा न.२ छपकैयाको इदगाह चौकमा साईकलमा स्टिकर टास्ने काम सम्पन्न भएको छ ।
रेडिएम ( राती टल्कने ) स्टिकरले रातीको बेला टाढाबाट आएका गाडीहरुले सानातिना साइकलहरुलाई अध्यारोमा नदेख्ने हुदा दुर्घटना हुने बढी सम्भावना भएकोले त्यसबाट बच्न साईकल पछाडि स्टिकर टासिंएर दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक हनुमान राउत अहिरले जानकारी दिनु भयो।
आज साईकल पछाडि २०० स्टिकर टासेर दुर्घटना न्यूनीकरण कसरी हुन्छ भन्ने बारे प्रहरी नायब निरीक्षक अहिरले प्रशिक्षण समेत दिनु भएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा समिति कार्यालय वडा न.२ का वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेलिले साईकलमा स्टिकर टासेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।
सो कार्यक्रममा महिला वडा सदस्य संगीता थापा, बसिर मिया हजाम , लतिफ मिया अन्सारी , सामुदायिक सेवा केन्द्र छपकैया-२ का वरिष्ठ उपाध्यक्ष अब्दुल हक , सदस्य अजित भुजेल , मदन गुप्ता , अब्दुल कैस , साहेब ठकुराई , प्रहरी सहायक निरीक्षक मुनिजी प्रसाद यादव , प्रहरी बरिस्ठ हवल्दार गोबिन्द रिमाल , देवेन्द्र पटेल , सन्जय कुशवाह , अफरोज ठकुराई , उस्मान मिया लगायतको सहभागीता रहेको थियो ।