• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन परिपत्र

  • वीरगंज संजाल
  • २० बैशाख २०८०, बुधबार १४:५८
  • १३८९

    वीरगंज | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ । बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित मन्त्रालयले मंगलबार परिपत्र गरेको हो । ‘महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउनुहोला’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

    सरकारी कार्यालयको बेरुजु फछ्र्यौटको प्रतिशतलाई सम्बन्धित लेखा उत्तरदायी अधिकारी र उक्त कार्यालयमा काम गर्ने कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारका रुपमा लिइने कानुनी व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बेरुजु फछ्र्यौटका आधारमा कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन हुने उल्लेख छ । मन्त्रालयले परिपत्रमार्फत सम्बन्धित लेखा उत्तरदायी अधिकारी र कर्मचारीलाई यो कानुनी व्यवस्थाबारे पनि स्मरण गराएको छ ।

    बेरुजु फछ्र्यौट गर्ने/गराउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । सरकारी कार्यालयमा रहेको बेरुजु असुलउपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ । ‘महालेखा परीक्षकको कार्यालयबाट असुलउपर गर्नुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा तत्काल असुल उपर गर्न सम्बन्धित कर्मचारी, व्यक्ति, फर्म, संस्था, समूह, समिति वा अन्य निकायमा पत्राचार गरी सूचना पठाउने र असुरउपर गरी लेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला’, परिपत्रमा भनिएको छ, ‘पेस्की बेरुजुका रुपमा कायम भएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण, कागजात बिल भरपाई आदि सङ्कलन गरी यथाशीघ्र पेस्की फछ्र्यौट गर्ने र महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउनुहोला ।’

    बीसवर्ष अघिको बेरुजु फछ्र्योट व्यवस्थापनका लागि त्यसको विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय पठाउन भनिएको छ । ‘आर्थिक वर्ष २०५९/६० सम्मको पुरानो बेरुजुको हकमा असुल उपर गर्नुपर्ने, सरकारी हानि–नोक्सानी र फछ्र्यौट भएको बाहेकको बेरुजु लगत कट्टाका लागि आवश्यक प्रक्रिया पूरा गरी लगत कट्टा गर्ने वा लगत कस्ने प्रयोजनका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउन अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑