वीरगञ्ज । पानी जमेको खाल्डोमा डुबेर पर्सामा एक १२ महिने बालकको मृत्यु भएको छ । जिल्लाको कालिकामाई गाउँपालिका–५ वीरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १२ महिने जितेन्द्र महतो केवट रहेका छन् ।
मंगलबार दिउँसो खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।