पर्सा।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी गस्ती टोलीले मिति २०८०।०१।१७ गते अं.१२:३० बजेको समयमा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा
बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार भएको र जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई प्रतिबन्धित लागु
औषध गाँजा 48 के.जी. सहित बरामद तथा नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा मिति २०८०।०१।१९ गते पर्सा जिल्ला अदालतबाट दिन-५ ( पाँच ) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ।