वीरगंज | नेपाल भारत–सीमा आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग जोडिएको बेलहिया सहितका सीमा नाका आज मध्यरातदेखि बन्द हुन लागेको हो । भारतको उत्तर प्रदेशमा २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा ४८ घण्टा (तीन दिन) का लागि बन्द गर्न लागिएको हो ।
उत्तर प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) दुई चरणमा हुनेछ । पहिलो चरण बिहीबार हुँदै छ भने दोस्रो चरण मे ११ मा हुँदै छ । मतगणना भने मे १३ मा हुनेछ । पहिलो चरणमा महाराजगन्ज जिल्लामा मतदान हुनेछ । ‘ सशस्त्र सीमा बलले सीमा नाका बन्द गर्नेछ । यस अवधिमा अत्यावश्यक कामका लागि मात्रै अनुमति दिइनेछ,’ जिल्ला निर्वाचन अधिकारी सतेन्द्र कुमारले भने ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारण दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । नेपालसँग उत्तर प्रदेशले ८४ किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सीमा साझा गर्छ ।