आज:
  • होमपेज / Breaking News

    युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

  • वीरगंज संजाल
  • १९ बैशाख २०८०, मंगलवार १२:३०
  • ३३३७

    काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । आज टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो । युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ६७ रन बनाए भने भिम सार्कीले ३६ रन बनाएका थिए ।

    त्यसअघि नेपालले लगातार तीन विकेट गुमाउदा नेपाल दबाबमा आएको बेला गुलशन झा र भीम सार्कीले शानदार अविजित ९६ रनको साझेदारी गरेका थिए । २२ रन बनाएर २ विकेट गुमाएको अवस्थाबाट गुलशन र भिमले धैर्यतापूर्ण ब्याटिंग गर्दै नेपाललाई जित दिलाएका थिए । त्यसअघि नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए ।

    त्यस्तै युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिए भने आयान अफजल खानले एक विकेट लिएका छन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको थियो । सोमबार बर्षाले खेल रोकिएपछि आज शुरु भएको खेलमा युएईले केवल ११ रन जोडेर आफ्नो अन्तिम विकेट गुमाएको थियो । युएईका ब्याट्सम्यान जुनैद सिद्दिकीले १०, आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

    नेपालका लागि ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका थिए ।

    एशिया कपको समीकरण

    एशिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने भनिएको भएपनि भारत र पाकिस्तानबीचको तनावले अहिले अन्योलता देखिएको छ । भारत पाकिस्तानमा खेल्न नजाने र पाकिस्तानी क्रिकेट बोर्डले अन्य देशमा आयोजना गर्न नदिने अडानका कारण अहिले एशिया कप अन्योलमा परेको हो । एसीसी प्रिमियर कप सकिएसँगै अब एशिया कपको समीकरण पनि पुरा भएको छ । जस अनुसार समुह ए मा भारत, पाकिस्तानसँगै नेपाल खेल्ने भएको छ भने समुह बि मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑