• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौँमा सिक्री लुछ्ने ग्याङ्ग सक्रिय, यसरी गर्छन् चोरी, कसरी बच्ने ?

  • वीरगंज संजाल
  • १९ बैशाख २०८०, मंगलवार ०९:३२
  • १२७३

    काठमाडौं । देशमा नामको मात्र सरकार छ । कुन बेला को लुटिने हो, कुन बेला कसको घर चोरिने हो पत्तो छैन । गरगहना लगाएर बस्नु नै अभिसापझैं भईसकेको छ । गरगहना लगाएर कतै हिड्नु भनेको त सिधै चोरलाई गहना सुम्पिनुजस्तै भईसकेको छ । काठमाडौँ लगायतका शहरहरुमा यतिबेला चोर, डाँकाहरुको बिगबिगी यति बढेको छ कि कुन बेला तपाईंको सिक्री लुछिन्छ, सामान लुटिन्छ, पैसा चोरिन्छ पत्तो छैन । अझ काठमाडौँमा त थरीथरीका चोर छन् । सुट पाइन्टका कपडा बेच्ने बहानामा घर पस्नेहरुले पानी तान्ने मेशिन चोरीदिन्छन्, कोठा खाली छ भन्दै डेरामा बस्न आउने डेरावालको भेषमा आउने सोध्न आउनेहरुले घरका जुत्ता चोरीदिन्छन् । अहँ दराजमा राखेको पैसादेखि घाँटीमा लगाएको सिक्रीसम्म सुरक्षित छैन यहाँ ।

    यस्तै सिक्री लुट्नका लागि मान्छे नै मारेको एउटा घटना यति बेला चर्चामा छ । कपन सरस्वतिनगर स्थित भाँडा पसल गर्ने निरा पाण्डेले गलामा लगाएको सिक्री लुट्न आएका बिनोद विश्वकर्मालाई उनले प्रतिकार गर्न खोज्दा विश्वकर्माले उनलाई चक्कु हानेर मारिदिए । परिवार पाल्नका लागि भाँडाकुँडा बेच्ने र त्यहि भाँडाकुँडा बेचेर दुखले कमाएको पैसाले गलामा सिक्री लगाउने रहर पूरा गरेकी पाण्डेलाई त्यहि सिक्री नै मरणको कारण बन्यो । र त आज कपन मात्र होइन, पूरै काठमाडौँ, काठमाडौँ मात्र होइन पूरै देश त्राहिमाम छ । सुन त लगाएर हिड्नै नहुने भो भन्ने तनावमा छन् नागरिक । यो प्रकरणमा अभियुक्तलाई प्रहरीले समातेको त छ, तर ज्यानै गईसकेपछी मान्छे मार्नेलाई समात्नुको पाण्डे परिवारलाई खास अर्थ छैन । बरु अव सुरक्षित हुन जरुरी छ तपाईं हामी, ताकी हामीले लगाएको सिक्री, औंठी, हामीले बोकेको पर्स वा हामीसँग साथमा भएको केहि पैसा मरणको कारण नबनोस् ।
    बिनोद विश्वकर्मा त एक पात्र मात्र भए, जसले साथीभाईलाई केहि लाख ऋण तिर्न बाँकी थियो, र त्यसैका लागि चोरीचकारी गरे । काठमाडौँमा त यस्तो सिक्री लुछ्ने ग्यांग सक्रिय छ, जसले तपाईंको घांटीको सिक्री कुनै पनि बेला थुत्न सक्छ, तपाईंले लगाएको औंठी तपाईंको औंलाबाट नै धुत्न सक्छ । त्यसैले तपाईंले पनि सुनको गहना लगाउनुभएको छ र भीडभाडमा हिडीरहनुभएको छ भने तपाईं अव सचेत हुनुपर्ने देखिएको छ । फिल्म हलदेखि, फुटपाथमा हिड्दासम्म, पसलको किनमेलदेखि तपाईंको अफिससम्म पछ्याएर कुन बेला मौका मिल्छ तपाईंको सिक्री लुछ्ने, तपाईंलाई फलो नै गरेर तपाईंलाई लुट्ने पेशेवर चोरहरु यति बेला राजधानीमा सक्रिय छन् । जसको काम भनेकै तपाईको गहनामाथि गिद्देनजर लगाउने, अनि तपाईंलाई फलो गर्ने, जहाँ मौका मिल्छ तपाईंको सिक्री लुछ्ने र टाप कस्ने ।

    राजधानीमा सक्रिय यस्ता सिक्री लुछ्ने चोरहरुलाई चोर्न कुनै एकान्त ठाउँ चाहिन्न । बरु उनीहरु तपाईं हिड्दाहिड्दै, किनेमल गर्दागर्दै, बाटोमा कसैलाई कुरीरहेका बेला तपाईंलाई लुटीदिन्छन् । अझ भीडमा त उनीहरुलाई चोर्न झन् सहज हुन्छ । जाममा बाइकमा बसिरहेका बेला ट्राफिक लाइट खुल्ने बेला मौका मिलाएर तपाईंको सिक्री लुट्ने, अनि टाप कस्नेहरु बजारमा सक्रिय छन् । बजारमा सिक्री लुछ्नेहरु यतिसम्म सक्रिय छन् कि, पानीपुरी खाने ठाउँमा पानीपुरी वा चटपटे खाईरहेका बेला मोटरसाइकलमा आएकाहरुले तपाईंको सिक्री लुछ्न सक्छन् । पानीपुरी चटपटे खाने बेलामा वरपर चोर छ कि भन्ने हेर्ने कुरा पनि भएन, तर यहि मौका पारेर चोरहरुले तपाईंको सिक्री लुछीदिन्छन् र फरार भईदिन्छन् । अनि गएन त लाखौँ रुपैयाँ ? कसलाई भन्ने ? कसलाई गुहार्ने ? प्रहरीलाई भनेपछी ती सिक्री भेटिन्छन् भन्ने यकिन हुन्न । अनि भएन त तनाव ?

    हुन त यस्ता घटनाहरु बर्षौंदेखि घट्दै आएका छन् । प्रहरी जति सजग भए पनि, पुलिस भन्दा चोर बाटो भनेझैं चोरहरुको यस्तो सिक्री लुछ्ने ग्याङ सक्रिय नै छ राजधानीमा । यस्ता केस बढेपछी महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, काठमाडौँ बेला बेला झस्किने गरेको छ ।
    हुन त केहि समय अघि पनि यस्तै घटना बढेपछी प्रहरीले यस्ता सिक्री लुछ्ने ग्याङ खोज्न सक्रियता देखाएको थियो। सिक्री लुटिएको घटनाका उजुरी बढ्न थालेपछि प्रहरीले तीव्र गतिमा मोटरसाइकल हाँकेर पैदलयात्रीको सुनको सिक्री लुट्ने गिरोह पत्ता लाउन प्रहरीले उपत्यकाको विभिन्न ठाउँमा ‘एम्बुस’ राखी चेकजाँच गरेको थियो । नभन्दै यसरी सिक्री लुछ्ने ग्यांङलाई प्रहरीले पक्राउसमेत गरेको थियो । अपराध महाशाखा र प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौँ, धापासी बस्ने दोलखा, मिर्गेका अनिल तामाङलाई पक्राउ समेत गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले समूह बनाएर सिक्री लुटपाटमा संलग्न अन्य आठ जनालाई पनि पक्राउ गरेको थियो केहि बर्ष अगाडी। पक्राउ पर्नेमा नवलपुरका राज भन्ने बोजबहादुर भुजेल, दोलखाका सुजन तामाङ, काभ्रेपलाञ्चोकका सञ्जीव तामाङ, नुवाकोटका गोकर्ण दुलाल, काठमाडौँ, बौद्धका कृष्ण लामा, पाल्चोकका सुदीप भन्ने बेलबहादुर बराइली र राजकुमार बराइली , कास्कीका राजेन्द्रकुमार सुनार थिए ।

    काठमाडौँमा सक्रिय सिक्री लुछ्ने ग्याङले कसरी काम गर्छ त ?
    पक्राउ परेकाहरुको बयानबाट के पत्ता लाग्यो भने उनीहरुको एउटा ग्याङ हुन्छ । यो ग्याङमा कसले मोटरसाइकल चलाउने, कसले सिक्री तान्ने, भन्ने पहिला नै फिक्स हुन्छ । यसरी चोरी गरेर ल्याइएको सिक्री बेच्ने सुन पसलमा पनि उनीहरुको पहिला नै सेटिङ हुन्छ । प्रचलित मूल्य भन्दा कम मूल्यमा सुन किन्न पाएपछी व्यापारी पनि मख्ख पर्छन् । चोरीको मोटरसाइकल प्रयोग गरिने हुँदा मोटरसाइकलबाट पनि खासै रिस्क हुँदैन । प्रहरीले पक्राउ गरेको एउटा ग्याङमा पनि यस्तै हुने रहेछ । अनिल, बोजबहादुर, सन्तोष सुदीप, गोकर्ण, राजेन्द्र र सुजन मिलेर बनेको सो ग्याङमा महिलाले घाँटीमा लगाएको सिक्री तान्ने काम अनिलले गर्ने गरेको, बोजबहादुर र सन्तोषले मोटरसाइकल चलाउने गरेको, सुदीप, गोकर्ण र राजेन्द्रले चाहिँ सुनचाँदी पसल चलाउने गरेको र चोरी भएका सामान किन्ने गरेको र सुजनले चोरी गर्नलाई मोटरसाइकल दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यो त केहि समय अघिको केस भयो, अहिले पनि काठमाडौँ लगायतका शहरहरुमा यस्ता ग्याङहरु सक्रिय छन् भन्ने रिपोर्ट स्वयम् प्रहरीसँग छ । त्यसैले यो मामलामा तपाईं हामी सुरक्षित बस्न जरुरी छ ।

    यसै पनि सुनका गहना भनेपछि कतिपय महिलाहरु यतिसम्म मख्ख पर्छन् कि के भन्ने। श्रीमतीलाई सुनको गहना गिफ्ट गरेको भोलिपल्ट त ओछ्यानमै चिया आईपुग्छ, घरमा थरीथरी परिकार पाक्छ, श्रीमती भर्खर लभ पर्न लागेको बेलामाझैं मुस्कुराउँछिन् । घर नै उज्यालो हुन्छ, र त्यसपछि कुन बेला कहाँ पार्टी पर्ला र गहना लगाएर जाउँला भनेर श्रीमती प्रतीक्षारत हुन्छिन् । अझ आफैंले कमाएर जोडेको सुन हो भने त कम्प्युटरमा बस्दा पनि हात किबोर्डका औंलामा चलिरहँदा पनि बेलाबेला घांटी वा औंलातिर ध्यान जान्छ । गहना लगाएर हिड्दा सबैले आफ्नै गहना हेरिरहेको भ्रममा हुन्छन् कतिपय महिलाहरु । र यसैको फाइदा चोरले उठाउँछ ।

    चोरको बिगबिगी बढेपछी काठमाडौँमा नक्कली गहनाको माग बढेको छ । सुनभन्दा कम छैन, हराएमा डर छैन भनेर बेचिने यस्ता गहनाहरु साच्चै हराउँदा डर पनि नहुने भएकाले पनि यसको माग बढेको हो । प्रहरीहरुलाई यस्तो रिपोर्ट पनि छ, राजधानीमा सक्रिय सिक्री लुछ्ने ग्याङले कहिलेकाहीं यस्ता नक्कली गहना पनि लुट्छन् । यस्ता केस प्रहरीसम्म नै आईपुग्दैनन् । बरु चोरलाई नै झुक्याइयो भनेर हाँस्छन् उनीहरु । र त सक्कली सुन लगाउन नै गाह्रो छ राजधानीमा ।

    हुन त यसरी सिक्री लुछ्ने ग्याङलाई पक्रन भने सजिलो छैन । चोरले कसरी पक्राउ गर्न सक्छ भन्ने कुरा थाहा पाएका चोरहरु यस विषयमा सजग हुने गरेका छन् । त्यसैले पनि उनीहरुले आवश्यक सबै सुरक्षा अपनाएका हुन्छन् । चाडपर्वमा यस्ता घटना झन् बढ्छन् । अझ अचम्मको कुरा त के छ भने प्रहरीले समातेर, मुद्धा चलाएर, जेल कोचेर जेलबाट छुटेकाहरु पनि भोलिपल्टैदेखि फेरी यहि चोरीमा लाग्ने गरेको पाइएको छ । त्यसैले तपाईं हामी सुरक्षित हुन जरुरी छ ।

    सुन आवश्य पनि सुखको गहना हो, दुखको खजाना हो । तर सुन लगाउने भनेर असुरक्षित तरिकाले अव हिड्नु हुँदैन भन्ने पुष्टी भएको छ । टन्न गहना लगाएर कहीं कतै जाँदै हुनुहुन्छ भने अवश्य पनि सुरक्षित भएर हिड्नुहोला । सकेसम्म सिक्री लगाएर बाटोमा नहींडेको राम्रो । सुन लगाएर पसलमा पनि नबसेको राम्रो । सुन लगाएर सार्वजनिक गाडी त झन् चढ्दै नचढेको राम्रो । के गर्नु देश यहि हो, ठाउँ यहि हो, चोर यीनै हुन् । देश अनुसारको भेष त गर्नु नै पर्यो नि होइन र ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑