पर्सा । राजन कुमार बानिया । नारायणी सिचाई १० वर्षमा नगरेको काम पर्साको धोबिनी गाउँपालिका वडा नं.४ लंगडीका वडा अध्यक्ष अबास मियाँले गरेर देखाएका छन।
धोबिनी गापामा रहेको नहर र ट्रसरी हरुलाई खेतीको लागि नहर सफाई गराउने काम गरेका छन । हरिहरपुर देखि लंगडी सम्म पूग्ने पानी सहायक नहर सिल्टी पूरिएर जाम भएको कारण खेती योग्य जग्गा हरुमा पानी ल्याउन सकिएको थिएन ।
यसको स्थलगत निरक्षण वडा अध्यक्ष मियाँको विशेष सक्रियतामा एक्साभेटर लगाएर सफा गराइएको छ । सफा गराएपछि लंगडीमा सजिलै खेतीको लागि पानी उपलब्ध हुनेछ । धान खेती गर्ने समय भए पनि पानिको अभावमा सबै धानविउहरु नष्ट हून लागेको थियो । समयमै वडा अध्यक्षको सक्रियाताले राहत पाएको लंगडिका किसान सगिर मियाँले खूशी व्यक्त गर्नू भयो ।
नारायणी सिचाईले करोडौं रकम प्रतेक वर्ष आन्वस्य खर्च गरेपनी गाउँ घरका ठुला ,साना नहर र ट्रसरीहरु सिल्टी पुरिएकोले नारायणी सिचाईको कुनै ध्यान नरहेको ले किसान हरु लाई समस्या देखिएकोले सोको मध्यनजर गरि वडा नं४ का वडाध्यक्ष मियाँले किसान को समस्य बुझि अाफ्नो पहलमा साना नहर र ट्रसरी हरु सफाइ अभियान गरिएको ले किसान हरु लाई धानबाली मा सहयोग पुगने लंगडी का किसान लालबाबु पटेलले खुशि ब्यक्त गरे ।
किसान हरुको समस्या लाई मध्यनजर गरि अाउने अार्थिक वर्षमा गाउँपालिका र वडा स्तर बाट नहर सफाई गरि खेतहरुमा पानी तथा समयमा बिउबिजन उपलभद गराउने वडाध्यक्ष मियाँ लेबताए ।