• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बर्दी नलगाउने प्रहरी : दर्जा हबल्दार, परिचय इन्सपेक्टर

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १५:३९
  • २३८९

    जनकपुर । एक जना तल्लो दर्जाका प्रहरीले आफूलाई उपल्लो दर्जाको प्रहरी हुँ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको समाचार प्राप्त भएकाे छ । ति प्रहरी लामाे समयदेखि एकै ठाउँमा कार्यरत रहेका नेपाल प्रहरीका हबल्दार महेन्द्र प्रसाद महतो उर्फ एमपी राज महतो हुन् । सामाजिक सञ्जाल फेसबुक र साथीभाइहरु बीच एमपी राज महतोका नामले परिचय बनाएका प्रहरी हबल्दार महतोको आफूलाई प्रहरी इन्स्पेक्टरको रुपमा तस्कर र व्यापारी माझ चिनाउने गरेका छन् । हालसालै त उनले आफूलाई डीएसपी समेत भन्न भ्याएको जनकपुर गणका एकजना डीएसपीले सुनाउँदै थिए ।

    धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भए पनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । कारण ठेकिएको दरबन्दीमा जाँदा प्रहरी हबल्दारको ड्रेस लगाउनु पर्ने डर उनलाई छ । प्रहरी स्रोतका अनुसार महतोले हबल्दारमा बढुवा भएदेखि प्रहरीको ड्रेस लगाएका छैनन् । ठाँटबाँटका साथ झिल्के भएर हिँड्ने उनी कहिले रारा पुग्छन् त कहिले मुगु, अनि कहिले बर्दिया राष्ट्रिय निकुञ्ज । प्रहरीका हाकिमहरूसँग बाक्लो उठबस, फोटो सेसन अनि आईजी, एआईजी र डीआईजीसँग फोन गरेर अरूलाई देखाउने, तर्साउने अनि प्रभावित पार्ने उनको वर्षौंदेखिको धन्दा हो ।

    सिपाहीका रुपमा उत्तम सुवेदी धनुषाको एसपी हुँदा घुमुवा रहेका महतोको सेक्स स्क्याण्डल बाहिरिएपछि केही समय नुवाकोट खेदिनु परेको थियो । बिगत ७-८ बर्षदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर सिभिलमा घुम्ने उनले १० बर्ष यता प्रहरीको ड्रेस नै नलगाएको बताइन्छ । प्रहरीका ठूला हाकिमसँग बाक्लो उठबस गर्ने उनले प्रहरीका सिपाही देखि जुनियर अधिकृतसम्मलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै पैसा उठाउने गरेका छन् । खास गरी एआईजीबाट हालै अवकाश लिएका उत्तम सुवेदी, आईजीपीबाट अवकाश पाएका धीरजप्रताप सिंह लगायतका हाकिमहरूसँग उनको नजिकको उठबस र उठतीपुठती चल्ने गरेको दावी समाचार स्रोतको छ ।

    अझ सिंह आईजी हुँदा त उनले तराईका जिल्लाबाट आईजीका नाममा लाखौं असुलेर आतंक मच्चाएको स्राेत बताउन्छ । हाकिमका नाममा पैसा उठाउने तर अझ सिंह आईजी हुँदा त उनले तराईका जिल्लाबाट आईजीका नाममा लाखौं असुलेर आतंक मच्चाएको स्रोतले जनाएकाे छ ।

    हाकिमका नाममा पैसा उठाउने तर थोरै रकम मात्र उनीहरूलाई दिएर धेरै आफैले राख्ने गरेको प्रहरीहरू बीच चर्चा हुने गरेको छ । करिब ९ लाख पर्ने रायल ईन्फिल्ड बाइक चढेर सानका साथ हिँड्ने, कार फेरि फेरि चढ्ने उनको आम्दानीको स्रोत के हो भनेर अन्य प्रहरीदेखि सर्वसाधारण पनि चकित हुने गरेका छन् ।

    हबल्दार जागीरले त्यो हैसियत कसरी सम्भव हुन्छ ? मूल घर सर्लाही भएपनि उनी जनकपुरको मुझेलियामा आलिशान तीन तले घरमा बस्ने गरेका छन् । तर त्यो घर खरिदको आर्थिक स्रोत के हो भन्ने जवाफ कसैसँग छैन् । हालसालै मात्र काठमाडौंमा पनि घडेरी जोडेका उनले अहिले आफूलाई प्रदेश डीआईजीको घुमुवाका रुपमा परिचय दिने गरेका छन् ।

    तस्कर र व्यापारीहरूलाई नयाँ डीआईजीको घुमुवा आफू नै बस्ने तय भएको भन्दै लाइन मिलाएर पैसा असुल्न थालिसकेको बताइन्छ । अझ आईजीपी बसन्त कुँवरका लागि पनि मधेशमा पैसा उठाउने जिम्मा आफ्नै भएको भन्दै उनले गफ चुट्ने गरेका छन् । त्यसैका लागि उनले अर्का हबल्दार सुरेन्द्र ठाकुरलाई काज दरबन्दी फिर्ता गराइसकेका छन् ।

    ठाकुर रमाना लिएर रातमाटे गण हिँडेका छन् । गफ लगाउन माहिर मानिएका महतोले मधेश प्रदेशका वैध अवैध क्रसर उद्योग, जुवा अखडा तथा गाईगोरु तस्करहरूबाट मोटो रकम महिनावारी हाकिमका नाममा असुल्ने गरेको बताइन्छ । चर्चित गोरु तस्कर शम्भू सिंहदेखि महोत्तरीका ठूला क्रसर व्यवसायी विजय साह, बेतन शर्मासँग उनको पुरानो सम्बन्ध रहेको बताइन्छ । अझ विजय साहसँग त उनको पाटर्नरसीप विजनेश नै रहेको आशंका प्रहरीहरुले गर्ने गर्छन ।

    हरेक साँझ विजयको जनकपुरस्थित डिपोमा उनको बसउठ हुने गरेको छ । एकजना प्रहरी भन्छन्, एमपी राजलाई तपाई प्रहरी कार्यालयमा कहिल्यै भेटनु हुन्न, त्यही डिपोमा गयो भने चाहि पक्का भेट हुन्छ । क्रसर व्यवसायी बेतन शर्माको सिराहा, महोत्तरी र धनुषा लगायतका स्थानमा थुप्रै अवैध क्रसर उद्योग निर्वाध चलिरहेका छन् । त्यसको संरक्षण यिनै महतोले गर्ने गरेका छन् । त्यसबाहेक महोत्तरी, सर्लाही र धनुषामा सञ्चालन हुने ठूला जुवाखालबाट ठेक्कामा पैसा असुली पनि यिनै महतोले गर्ने गरेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑