• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनलोकपाल सदस्यको ‘लुट’ धन्धा : चालकको तलब आफै बुझ्दै

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १५:३६
  • १४१३

    वीरगंज | मधेश प्रदेश सरकारले सुशासन कायम गर्न गठन गरेको जनलोकपाल आयोग आफै भ्रष्टाचार गरेको पाइएको छ । आयोगका सदस्यद्वय राजकिशोर प्रसाद साह र शोभा महतोले कार्यालयमा व्यापक अनियमितता गरेको पाइएको छ । सदस्य साहले गत कातिकदेखि चालक रवि कुमार साहलाई जागिरबाट हटाएका छन् । तर, ६ महिनादेखि चालकको तलब साहले आफ्नै खातामा बुझ्ने गरेका छन् ।

    साहको नाममा रहेको एनएमबी बैंकको खाता नम्बर ०३०००८०३६७४०००११ मा उनले मासिक तलब बुझ्ने गरेका छन् । सो खातामा उनले चैत मसान्तसम्मको चालकको पनि तलब बुझेको देखिन्छ । उनले सदस्य वापतको पारिश्रमिक पनि सोही खातामा बुझ्ने गरेका छन् । यस्तै, उनले आयोगको कामकाजभन्दा निजी काममै दिन बिताउने गरेका छन् । सोही कारण हाल सम्म आयोगको प्रगति पनि शून्य जस्तै छ । आयोगमा उपस्थित नभए पनि उनले सातामा एक पटक गएर हाजरी गर्ने गरेका छन् । उनलाई प्रदेश सरकारले उपलब्ध गराएको सवारी प्रदेश सभाले बुझाउन पटक–पटक ताकेता गर्दा पनि वेवास्ता गर्दै आएका छन् । कार्यालयले पत्राचार गर्दा उनले जवाफ नदिई बाहिर बाहिर नीजि काममै प्रयोग गर्ने गरेका छन् । साह यसअघि तत्कालीन जिल्ला विकास समिति धनुषाको डिई हुँदा पनि भ्रष्टाचार मुद्दामा मुछिएका थिए । उनी जिल्ला विकासमा हुँदा बिना कमिशनको काम नगरेको आरोप लगाइएको थियो ।

    जिल्ला विकास धनुषा भ्रष्टाचारको अखाडानै बनेको थियो । उनी सर्वसाधारणको काम भन्दा बढी ठेक्केदार मुखी बनेका थिए । जिल्ला विकास भनेकोनै साहको भ्रष्टाचारले परिचित बनेको थियो । यस्तै, आयोगकै अर्का सदस्य शोभा महतोले पनि व्यपाक अनियमितता गरेको देखिन्छ । उनी यही बैशाख ५ र ७ गते प्रदेश प्रशिक्षण तथा अनुसन्धान केन्द्रले बर्दिबासमा आयोजना गरेको ‘स्थानीय तहको मध्यकालीन खर्च संरचना’ विषयको तालिममा प्रशिक्षकको रुपमा सहभागी भएकी थिइन् । तर कार्यालयको हाजरीमा उनको उपस्थिति देखाइएको छ । यसअघि पनि उनी गत चैत मसान्तमा राजविराजस्थित एलएलबीको परीक्षा दिन गएकी थिइन् । सो अवधिको उनले तलब भत्ता नै बुझेकी छन् । प्रदेश जनलोकपाल ऐन २०७७ मा व्यवस्था भए अनुसार सदस्यहरुले विदा लिदा वा नीजि काममा जाँदा अनिवार्य अध्यक्षसँग अनुमति र विदा लिनुपर्ने व्यवस्था छ । तर उनीहरुले हाल सम्म विदा लिएको वा जानकारी गराएका छैनन् । सदस्यद्वयहरुको अनियमितता उदांगिएपछि कर्मचारीहरु सो कार्यालयमा बस्न मानेका छैनन् ।

    आयोगका कार्यालय प्रमुख दानीकान्त झाले वेतीथिको विषयमा पटक–पटक ध्यानकार्षण गराउँदासमेत उनीहरु सुधार गर्न मानेका छैनन् । कार्यालयमा उनीहरु कामभन्दा सरकारी रकम अपलचन गर्ने उद्देश्य राखेको जनगुनासो छ । मधेश प्रदेश सरकारले जनलोकपाल गठन गर्दा प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण हुन्छ भनि आशा लिएको थियो । त्यसमा पनि जनलोकपालका सदस्यहरुमा विज्ञहरुलाई राख्ने सरकारको उद्देश्य भए पनि उनीहरुनै भ्रष्टाचारमा लिप्त भएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा भ्रष्टाचारीहरुनै रहेका कारण मधेश प्रदेशका जनता जनलोकपाल भन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने गरेका छन् । जनलोकपालले बुझाउने बार्षिक प्रतिवेदनमा प्रगति शुन्य हुन्छ भने अख्तियारमा बढी उजुरी र कारवाही समेत बढी देखिएको छ । हुनत प्रदेश सरकारले विज्ञ भनेर दुवै सदस्यलाई नियुक्त गरेका थिए तर, दुवै जनानै भ्रष्टाचारमा लिप्त भएपछि आफूहरुको जनविश्वास लोकपालबाट हटेको जनकपुरधाम उप–महानगरपालिका ७ का विवेक साह बताउँछन् ।

    जनकलोकपाल प्रति हामीलाई धेरै आशा थियो तर, तीन बर्ष बितिसक्दा पनि प्रगति केही छैन् लोकप्रियता समेत कमाउन नसक्नु मधेश प्रदेशका जनताकोलागि दुःखद रहेको सर्लाही मलंगवाका दिवाकर साह बताउँछन् । उनी भन्छन्–‘ कि त जनलोकपाल विघटननै गरियोस कि त यस्ता भ्रष्टाचारीहरुलाई बर्खास्त गर्नु पर्छ ।’ जनलोकपालले विश्वासनियता यिनीहरुकै कारण गुमाएको स्थानीयहरुको बुझाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑