रौतहट | राैतहट जिल्लाको देवाहि गाेनाहि नगरपालिकामा वडा कार्यालय भवन काे उद्घाटन भएकाे छ। साे नगरपालिकाकाे वडा नं ३ स्थित देवाहिकाे वडा कार्यालय साेमबारका दिन एक कार्यक्रमका बिच नव निर्मित भवनकाे उद्घाटन भएकाे हाे।
देवाहि गाेनाहि नगरपालिका र जिल्ला समन्वय समिति काे संयुक्तमा कुल लागत ३२ लाख ७२ हजार काे लागतमा बनेका वडा कार्यालय काे उद्घाटन वडा अध्यक्ष संजय प्रसाद पटेलले आज बधिवत रूपमा पुजापाठ गरि कार्यालयकाे उद्घाटन गरेका छन। उद्घाटनकाे क्रममा बाेल्दै वडा अध्यक्ष पटेलले आफुले पहिलाे पटक निर्वाचित भएकाे हुदा धेरै किसिम काे कुराहरू सिकिरहेका छु ।
वडा कार्यालयकाे उद्घाटन भए संग वडा नं ३ वासीहरूले खुशि ब्यक्त गरेका छन। साे उद्घाटन कार्यक्रममा उपमेयर परनिया देवि पटेल, प्रमुख प्रशािकिय अधिकृत सिकेन्द्र साह , पुर्व मेयर धर्मेन्द्र पटेल , वडा अध्यक्ष उपेन्द्र यादव, बिरबहादुर साह, उपेन्द्र साह, जिल्ला समन्वय समिति काे पुर्व उपसभापति राम बसिष्ट यादव, शस्त्र प्रहरी , नपाल प्रहरी , संचारकर्मि , सहित ब्यक्तिहरूकाे सहभागिता रहेका थिए।