• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फ्लाइ दुबईको सहज ल्यान्डिङ, ‘चरा ठोक्किँदा निस्कियो आवाज र आगो’ !

  • वीरगंज संजाल
  • १२ बैशाख २०८०, मंगलवार ०८:४५
  • १०२५

    काठमाडौं |  गए राति उडिरहेको विमानबाट निस्केको आवाज र देखिएको आगोले काठमाडौं त्रसित बन्यो। धेरैले डरलाग्दो दुर्घटना नजिकिँदै गरेको अनुभूति गरे। सोसल मिडियामा विमानको हो कि होइन भनेजस्तो दृश्य पनि फैलियो। सबैले कामना गरे – विमान सकुशल उत्रियोस्। यात्रुहरु सकुशल रहुन्।

    विमानलाई ‘लाइभ ट्र्याक’ गर्ने वेबसाइट ‘फ्लाइट राडर २४’मा पनि उत्तिकै झुम्मिए मानिसहरु। विमानले काठमाडौं ल्यान्ड गर्न प्रयास पनि गरेको देखियो। केही बेर काठमाडौंको फन्का लगाएपछि विमान पश्चिम नेपाल हुँदै भारत तिर लाग्यो। त्यतिखेर विमान आफ्नो सेड्युल अनुसार नै अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दियो। आत्तिएका मानिसहरुमा केही सन्तोष त मिल्य तर संशय कायमै थियो।

    सकुशल उत्रियो विमान

    काठमाडौं एयरपोर्टबाट उडेलगत्तै समस्यामा परेको विमान गन्तव्यमा भने सहजै पुगेको छ। काठमाडौंमा देखिएको दृश्यले सबैको ध्यान खिचिसकेको थियो। फ्लाइ दुबईको एफजेड ५७६ विमान निर्धारित समयमा नै दुबई विमानस्थलमा उत्रिएको गल्फन्युजले जनाएको छ। स्थानीय समयअनुसार १२ बजेर ११ मिनेट जाँदा विमान ल्यान्ड भएको हो।

    ‘विमान दुबईमा सामान्य रुपमा ल्यान्ड भएको छ। विमानमा थप परीक्षण हुनेछ,’ फ्लाइ दुबईले वक्तव्य जारी गर्दै भनेको छ, ‘हाम्रा अनुभवी चालक दलले इन्जिनका प्यारामिटरहरु सबै सहि अवस्थामा रहेको पहिचान गरिसकेपछि सकुशल यात्रा पूरा गराएका छन्। यात्रु र चालक दलको सुरक्षा हाम्रो शीर्ष प्राथमिकतामा छ।’

    ठोक्कियो चार, निस्कियो आवाज

    फ्लाइ दुबईका प्रवक्तालाई उदृत गर्दै दुबई मिडियाले एउटा ट्विट गरेको छ जसमा काठमाडौंको आकाशमा जे भयो त्यसको कारण चरा रहेको जनाएको छ। काठमाडौंबाट टेक अफ गरेलगत्तै चरा ठोक्किँदा असहज परिस्थिति बनेको दावी प्रवक्ताले गरेका छन्।

    काठमाडौंको आकाशमा विमानमा आगो देखिएको भए पनि केही समयपछि देखिन छाडेको थियो। सम्भावित दुर्घटनाका लागि काठमाडौंमा सबै अलर्ट भइसकेका थिए। तर केही समयको तनावपूर्ण अवस्था चिर्दै विमान पश्चिम नेपालको बाँकेबाट भारत हुँदै दुबईको रुटतिर लाग्यो।

    सुरुमा आत्तिएका पाइलटले पछि भने – समस्या छैन

    काठमाडौं उपत्यकाका मानिस मात्र आत्तिएका थिएनन्, चालक दलले त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरणका लागि अनुमति लिइसकेका थिए। विमानबाट आवाज आएको र आगो देखिएपछि तत्काल अवतरणको प्रयास भएको थियो। तर केही समयपछि नै पाइलटले इन्जिनमा कुनै समस्या नरहेको जनाउ दिँदै दुबईतिर जाने जानकारी गराएका थिए। नागरिक उड्ययन प्रधिकरणले पनि त्यसैअनुसार जानकारी प्रवाह गर्‍यो। मध्यरातसम्म मानिसहरु विमानलाई ट्र्याक गरिरहेका थिए।

    ‘जहाज उड्नेबित्तिकै समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धार्के पुग्यो। त्यसपछि पाइलटले जहाज होल्ड गरे,’ नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले भने, ‘त्यसपछि पाइलटले समस्या समाधान भएको जानकारी दिए। अनि गन्तब्यतर्फ गएको हो।’

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाजमा समस्या देखिए पनि पाइलटले नै समाधान गरेर गन्तब्यतर्फ गएको बताए। फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दमकल, फम र उद्धारकर्मीलाई तैनाथ राखेको थियो। यद्यपि, राति त्यतिमाथि विमानमा ठोक्किने गरी कुन चरा उड्यो भन्ने चाहिँ अनुत्तरित छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑