चितवन | प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।१० वैशाखमा भएको उपनिर्वाचनको मतगणनामा चितवन २ मा रवि लामिछाने निकै फराकिलो अग्रताका साथ जितउन्मुख देखिएका छन् ।
मंगलबार बिहानसम्म गणना भएको ४४ हजार मतमध्ये लामिछानेले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । उनले ६ हजार ३३५ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत प्राप्त गरेका छन् ।