काठमाडौं । सोमबारदेखि सिंहदरबारको फोहोर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको हो ।
अदालतले महानगरलाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो ।
महानगरले गत चैत २५ गते देखि सिंहदरबार परिसरको फोहोर उठाउन रोकेको थियो । उक्त फोहोर परिवर्तन सेवा कम्पनीले आजदेखि उठाउन लागेको हो ।
सिंहदरबारको फोहोर नउठ्दा महानगरका मेयर साहले चौतर्फी आलोचना समेत खेपेका थिए ।