चितवन । चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै रहेको छ ।
इच्छाकामना १, २, ३, ४, ५ र ६ को सात हजार १७८ मत गणना गर्दा रविले तीन हजार ६०२ मत पाएका छन् ।
नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।