बारा । बारा क्षेत्र नम्बर–२ मा सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणनाका लागि बैठक बसेको हो ।
आज बिहान ८ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको जनमत पार्र्टीका प्रतिनिधि सचिन कुशवाहले जानकारी दिए । उनका अनुसार सर्वदलीय/सर्वपक्षीय बैठकपछि मतगणना सुरु गर्ने तयारी छ ।
Agni Group
उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान भएको थियो । रातिदेखि नै मतगणनाको तयारी गरिए पनि वर्षा र हावाहुरीका कारण सम्भव नभएको बताइएको छ ।
बारा–२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेललगायत उमेदवार प्रतिस्पर्धामा छन् ।