• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्तसंचार केन्द्र भवन निर्माण गर्न कुनै बाधा अवरोध नगर्न अदालतको वीरगंज महानगरपालिकाका नाममा आदेश जारी

  • वीरगंज संजाल
  • ७ बैशाख २०८०, बिहीबार ०७:५१
  • १४०९

    वीरगंज । वीरगंज महानगरपालिकाले आफैले विधिवत कार्यपालिका बैठकवाट तथा नगरसभावाट निर्णय गराई रक्त संचार केन्द्र भवन निर्माण गर्न वीरगंज मेनरोड स्थित उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय लाई बेवास्ता गरी उक्त जग्गा रक्त संचार केन्द्रका लागि नदिने भनि पत्र गरी पार्किगं ठेक्का लगाई सो ब्लडबैंक भवन निर्माणमा अवरोध खडा गरेकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले मिति ०८०।०१।०६ गते आदेश जारी गरी रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी गरेको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजका माननिय न्यायधिश श्री गणेश प्रसाद बराल र माननिय न्यायधिश श्री सुदर्शन देव भट््ट को संयुक्त ईजलासले रेडक्रस पर्साको पक्षमा उल्लेखित जग्गामा भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु नगराउनु, र सो जग्गामा पार्किङ्गकार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । उक्त मुद्दामा नेपाल रेडक्रस पर्साका तर्फवाट अधिवक्ता श्री सुधिर कुमार कर्ण र अधिवक्ता श्री शेलेन्द्र कुमार चौरसियाले बहस गर्नु भएको थियो ।

    नेपाल रेडक्स सोसाईटी पर्सा जिल्ला शाखा नेपालको प्रथम जिल्ला शाखाको रुपमा २०२१ सालमा स्थापना भई सोसाइटीले मानविय सेवाको रुपमा पर्सा जिल्लामा सर्वप्रथम एम्बुलेन्स सेवा र रक्तसंचार सेवाको शूरुवात स्थापनाकाल देखि नै हाल सम्म गर्दै आएको छ । रक्त संचार सेवाको लागि नारायणी अस्पतालको दक्षिण पूर्वको प्राङ्गण अस्पतालले उपलब्ध गराएको जग्गामा तत्कालिन विरगंज चिनी कारखाना लिमिटेडको आर्थिक सहयोगमा रक्त संचार केन्द्रको भवन निर्माण भई हाल सम्म संचालन हुदै आएकोमा केहि समय पहिला सडक डिभिजन कार्यालयले पृथ्वी राजर्माग दुवै तर्फ २५२५ मिटर फराकिलो गर्ने उद्देश्यले सो परिधिभित्र पर्ने भवनहरु निश्चित समय भित्र हटाई लिन भनि सुचना जारी गरेको दिन देखि नै विरगंजमा संचालित रक्तसंचार केन्द्र भवन पनि सो दायरा भित्र पर्ने भएकोले यसको लागि बैकल्पिक र उचित ठाँउको खोज तलाश गर्ने क्रममा सो रक्त संचार भवनको लागि तत्कालिन विरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगिज्यूले विरगंज महानगरपालिकाको स्वामित्वमा रहेको विरगंज वडा नं.३ कि.न.२१ र ५६ को जग्गामा रक्त संचार भवन बनाउने गरी २०७७।१०।१३ गते बोर्डको बैठकबाट निर्णय गरी नगर सभाबाट समेत अनुमोदन भएको थियो ।

    त्यस्तै मिति २०७८।०३।०३ गते नेपाल रेडक्रस सोसाईटि पर्सासंग सम्झौता समेत गरेको थियो । सो सम्झौतामा भवनको भुईतल्लामा सार्वजनिक पाकिङ्ग समेत राख्ने भनि उल्लेख भएको थियो । त्यस पश्चात सम्झौताकोशतृ अनुसार रेडक्रस पर्साले नक्सा बनाई पास गर्नको लागि विरगंज महानगरपालिकामा निवेदन दिएकोमा सो नक्सा पास भई मिति २०७८।१२।२९ गते भवन ईजाजत पत्र समेत दिएको थियो । साथै सो भवन निर्माणको लागि वि.म.न.पा. का. तत्कालिन नगर प्रमुखज्यूले रु२५,००,०००। अनुदान समेत दिनु भएको थियो । त्यस पश्चात रेडक्रस पर्साले सो जग्गामा भवन बनाउनको लागि ज्याला कन्ट्रेक्टमा निर्माण गर्न भनि टेण्डर समेत गरि सके पश्चात वि.म.न.पा.को नेतृत्व परिवर्तन भयो ।

    सोहि क्रममा रेडक्रस पर्साका प्रतिनिधिले नगर प्रमुख राजेशमान सिंहलाई भेट गरी भवन बनाउने कार्यको जानकारी र सहयोग सम्बन्धमा लिखित रुपमै आग्रह गर्दै आएको थियो, तर सो आग्रह पटक पटक गर्दा पनि सो जग्गामा भवन बनाउने कार्यमा बाधा अवरोध गर्दै आई सो जग्गाको बारेमा सबै कुरा थाँहा हुदा हुदैं पनि रेडक्रससंग भएको विगतको सम्झौता विपरित रेडक्रसलाई कुनै जानकारी नै नगराई सो जग्गामा सार्वजनिक पार्किङ्गको ठेक्का लगाएको छ । सो बसै कुरा थाहा पाई रेडक्रसले पुनः पार्किङ्ग हटाई विगतको समभ्mौता अनुसार रक्तसंचार भवन बनाउन आग्रह गर्दा मिति २०७९।१०।०४ गते प्रमुख प्रशासकिय अधिकृतज्यूले सो अब जग्गा उपलब्ध गराउन नसकिने व्यहोराको पत्र पठाए ।

    तत्पश्चात कानूनी उपचारको लागि रेडक्रस पर्सा उच्च अदालत जनकपुर अस्थाई ईजलाश विरगंजमा निषेधाज्ञा, उत्प्रेषणको रिट दायर गरेकोमा मिति २०८०।१।६ गते दुवै तर्फको छलफल सुनि उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजवाट रेडक्रस पर्साको पक्षमा उल्लेखित जग्गामा भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु नगराउनु, र सो जग्गामा पार्किङ्गकार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । श्री उच्च अदालत वीरगंजको उल्लेखित आदेशले वीरगंजमा अत्याधुनिक रक्त संचार केन्द्र निर्माण हुने बाटो खुल्ला भएको छ र वीरगंज नगरवासी हर्षित भएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑