वीरगंज । बिरगञ्ज महानगरपालिकाले ४ वटा समुदायिक विद्यालयमा नेपाली माध्यम बन्द गरी मात्र अंग्रेजी माध्यम पढाउने भएकोले नेपाली माध्याम मा पढ्ने बिद्यार्थीहरु द्वारा महानगरपालिक कार्यलय घेराउ।
नेपाली माध्यामका विद्यार्थीहरू आफू अर्को टाढा विद्यालयमा गएर पढ्नु पर्ने र आफ्नै समुदायमा भएकाे विद्यालयमा पढ्न नपाउने भए पछी बिद्यार्थीहरु आक्रोशित छन्। महानगरपालिका का मेयर राजेशमान सिंह लाई आफ्नो गुनासो सुनाउन महानगर कार्यलय पुगेका बिद्यार्थीहरु मेयर सँग भेट्न नपाउँदा बिद्यार्थीहरु ले ” बिरगञ्ज महानगरपालिका मुर्दाबाद, मेयर मुर्दाबाद को नारा ” सहित बाटो बन्द गरी आंदोलन गरेका छन्।
विद्यार्थीहरुको के गुनासाे के छ भनेर सोध्दा एक जना छात्रा विद्यार्थीले आफू आफ्नो नजिक को विद्यालयमा बच्चै देखि पढदै आएको र नेपाली माध्याम मै पढदै आएको र अहिले हाम्रो बिद्यालयमा मात्रै अङ्ग्रेजी माध्याममा पढाउने, नेपाली माध्याम बन्द गरे पछी हामी लाई टाढा गएर पढ्नु पर्छ सधैं आउने जाने खर्च बढ छ पछि हाम्रो परिवारले हामी लाई पढाउन नसक्ने बताए।