• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा-२ मा उपेन्द्र यादवलाई जितन कठिन

  • वीरगंज संजाल
  • ६ बैशाख २०८०, बुधबार १४:५०
  • २२७७

    वीरगंज । यही बैशाख १० गते हुने उपनिर्वाचनकाको अब ४ दिन बाँकी रहँदा बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् । गत वर्षको मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव विजयी हुनुभएको थियो । तर यादव गत चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रको उपनिर्वाचनलाई निकै चासोका साथ हेरिएको पनि छ । बारा २ मा साना दल र स्वतन्त्रबाट उम्मेदवारी परेपनि मुख्य प्रतिस्पर्धा ४ दलकै रहने आँकलन गरिएको छ । जसपाका अध्यक्ष समेत रहनुभएका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट नेपाल प्रहरीका पूर्व डिआजी रमेश खरेल र सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुसवाहाविच नै प्रतिस्पर्धा रहेको छ । उनीहरुले मतदाता तान्न बिभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । बैशाखको यो गर्मीमा पनि उम्मेदवारहरु मतदाताका घर घरमा पुगेका छन् । यसैविच निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा मदिरा विक्री वितरण तथा ओसार पसारमा रोक लगाईएको छ ।

    जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको हिजो बसेको बैठकले गएरातिदेखि मदतान गर्ने दिन बैशाख १० गते राति १२ बजेसम्म जिल्लाभर मदिरा उत्पादन, विक्री वितरण र ओसार पसारमा पूर्ण प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उल्लेखित अवधिभर मदिरा बिक्रीवितरण, ओसार पसार गरेको पाईएमा प्रचलित कानून अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस्तै आउँदो १० गते हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो ।

    आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नासिएको अवस्था भए परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आउँदो १० गते बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑